गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आएको तीव्र हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा घरका छाना उडाउनुका साथै विद्यालय, मन्दिर, स्वास्थ्य संस्था र सहकारी भवनसमेत तहसनहस बनाएको हो।
सबैभन्दा बढी क्षति मालिका गाउँपालिकामा भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार वडा नम्बर ४, ५, ६ र ७ मा मात्रै ७१ वटा घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ।
विशेषगरी मालिका–७ घमिर क्षेत्रमा ४५ भन्दा बढी घर, विद्यालय, सहकारी र मन्दिरका छाना उडेको जनाइएको छ। स्थानीय टोपबहादुर कार्की, मञ्जु कार्की, भीमबहादुर विश्वकर्मालगायतका परिवार घर बस्न नमिल्ने अवस्थामा पुगेपछि छिमेकीकहाँ आश्रय लिन बाध्य भएका छन्।
हावाहुरीले विद्यालयहरूमा पनि ठूलो असर पुर्याएको छ। घमिरस्थित देविस्थान माध्यमिक विद्यालय र इस्मा गाउँपालिका–४ को सूर्योदय प्राविको छाना उडाएपछि विद्यार्थीहरू खुला आकाशमुनि पढ्न बाध्य भएका छन्।
त्यस्तै मुसीकाेट नगरपालिका क्षेत्रमा पनि २४ वटा घरगोठमा क्षति पुगेको छ। स्थानीय तहले पीडितलाई त्रिपाल वितरण सुरु गरे पनि वर्षा सुरु हुनुअघि सुरक्षित आवास व्यवस्थापन गर्न नसकिए थप संकट निम्तिने चिन्ता बढेको छ।
स्थानीय भीमबहादुर विश्वकर्माले घरको आधा भाग नै उडेकाले अब पानी परे थप क्षति हुने डर रहेको बताए। “बस्ने ठाउँ छैन, वर्षा लागे झन् के हुने हो थाहा छैन,” उनले दुखेसो पोखेका छन्।
प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको छ भने स्थानीय तहहरूले राहत तथा पुनर्स्थापनाको प्रक्रिया अघि बढाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १४ गते, २०८३ - ०९:५१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नेपाली समाजमा राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै लैजाने बताएका छन्। बकर इद (ईद–उल–अज्हा)...
जेष्ठ १४ गते, २०८३ - ०९:४९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्रै नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। ...
जेष्ठ १४ गते, २०८३ - ०९:४६
गुल्मी । गुल्मीमा आएको भीषण हावाहुरीले सयौँ घरगोठ तथा सार्वजनिक संरचनामा क्षति पुर्याएपछि प्रभावित परिवारको जनजीवन कष्टकर बनेको छ। जेठ ११ र १२ गते आए...
जेष्ठ १४ गते, २०८३ - ०९:४१
कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स...
जेष्ठ १४ गते, २०८३ - ०९:३६
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना अझ मजबुत ...
जेष्ठ १४ गते, २०८३ - ०९:३०
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व द...
जेष्ठ १४ गते, २०८३ - ०८:४१
पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन् । बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँ...
जेष्ठ १४ गते, २०८३ - ०८:३८
झापा । गौरादह नगरपालिका–७ मा बुधबार स्कुल बसको ठक्करबाट एक विधार्थीको घटनास्थलमै मृत्यु भएको छ । गौरादह नगरपालिका–७ स्थित फगेटीमा सजग एकता बोर्डिङ ...
जेष्ठ १४ गते, २०८३ - ०८:३३
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ । समुद्री सतहदेख...
जेष्ठ १४ गते, २०८३ - ०८:३०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु...



प्रतिकृया लेख्नुहोस्: