Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।

प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण कन्स्ट्रक्सन र भारतको पटेल इन्जिनियरिङ लिमिटेड सम्मिलित रमण–पटेल जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो।

सरकारले उक्त जेभीसहित ११ कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ। कालोसूचीमा परेपछि ती कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

१४ अर्बको ठेक्का, प्रगति १० प्रतिशत मात्रै

रमण–पटेल जेभीले सुनकोशी मरिण आयोजनाको बाँध, विद्युतगृह, सिभिल संरचना तथा हाइड्रोमेकानिकल उपकरण आपूर्ति र जडानको ठेक्का १४ अर्ब ८ करोड रुपैयाँमा पाएको थियो।

तर निर्माण सुरु भएको वर्षौँ बित्दा पनि हालसम्म भौतिक प्रगति करिब १० प्रतिशत मात्र पुगेको छ।

सरकारले पटक–पटक काम सुधार गर्न निर्देशन दिँदा पनि कम्पनीले चासो नदिएको आरोप छ। गत वर्ष कात्तिक २५ गते आयोजनाले ‘किन ठेक्का नतोड्ने?’ भन्दै स्पष्टीकरण सोधे पनि जवाफ चित्तबुझ्दो नभएपछि अन्ततः कालोसूचीको निर्णय गरिएको हो।

३ अर्ब ६० करोड बैंक ग्यारेण्टी जफत प्रक्रियामा

आयोजनाले ठेक्का रद्दको प्रक्रियासँगै कम्पनीले राखेको ३ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक ग्यारेण्टी जफत प्रक्रिया पनि अघि बढाएको छ।

यसमा—२ अर्ब ४० करोड कार्यसम्पादन जमानत र १ अर्ब २० करोड अग्रिम भुक्तानी ग्यारेण्टी समावेश छन्।

कम रकम कबोल, काममा चरम सुस्तता

रमण–पटेल जेभीले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकममा ठेक्का हात पारेको थियो। तर न्यून लागतमा ठेक्का लिएर काम अलपत्र पार्ने पुरानै प्रवृत्ति फेरि दोहोरिएको भन्दै आयोजनामाथि प्रश्न उठ्न थालेको छ।

सुरुङ छिचोलियो, तर मुख्य संरचना अलपत्र

१३.३ किलोमिटर लामो सुरुङ भने टनेल बोरिङ मेसिन प्रयोग गरेर खनिसकिएको छ। २०८१ वैशाख २६ गते सुरुङ ‘ब्रेक थ्रु’ गरिएको थियो।

तर बाँध, विद्युतगृह र अन्य मुख्य संरचनाको काम भने निकै पछाडि छ।

मधेसका पाँच जिल्लाको सपना प्रभावित

सुनकोशीको पानी मरिण नदीमा खसालेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका १ लाख २२ हजार हेक्टर जमिनमा वर्षभरि सिँचाइ पुर्‍याउने यो परियोजनालाई राष्ट्रिय गौरवको आयोजना मानिन्छ।

यसबाट ३१ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि छ। तर निर्माण ढिलाइसँगै मधेसको कृषि, सिँचाइ र आर्थिक रूपान्तरणसँग जोडिएको ठूलो सपना फेरि अन्योलमा परेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending