तनहुँ । मार्किचोक सबस्टेसन मा नयाँ पावर ट्रान्सफर्मर जडान कार्य सुरु गरिएको छ । पुरानो ट्रान्सफर्मरमा प्राविधिक खराबी आएपछि थप क्षमता र आधुनिक प्रविधियुक्त ३० एमभिएको ट्रान्सफर्मर ल्याएर जडान गर्न थालिएको हो ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका सूचना अधिकारी इन्जिनियर बेनी नेपालीका अनुसार नयाँ ट्रान्सफर्मर जडानको काम तीव्र रूपमा भइरहेको छ । उनले जडान कार्य आइतबारसम्म सम्पन्न हुने जानकारी दिएका छन् ।
यसअघि सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा समस्या आएपछि तनहुँ, गोरखा र मुग्लिन हुँदै चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । अर्थिङ प्रणालीमा खराबी आउँदा अत्यधिक करेन्ट प्रवाह भएपछि बुधबार साँझदेखि ती क्षेत्र अन्धकारमा डुबेका थिए ।
पोखरा ग्रिड महाशाखा र तनहुँ वितरण केन्द्रको प्राविधिक टोलीले रातभर खटिएर विद्युत् सेवा सञ्चालनमा ल्याए पनि बिहीबार बिहान पुनः समस्या दोहोरिएपछि पुरानो ट्रान्सफर्मर पूर्ण रूपमा बन्द गरिएको थियो ।
तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर पवन पौडेलका अनुसार बिग्रिएको ट्रान्सफर्मर मर्मत वा बदल्न समय लाग्ने भएपछि दमौली सबस्टेसनबाट वैकल्पिक लाइन जोडेर विद्युत् सेवा सञ्चालन गरिएको हो । “नागरिकलाई लामो समय अन्धकारमा राख्न सकिँदैन भनेर तत्काल वैकल्पिक व्यवस्था गरिएको हो,” उनले बताएका छन् ।
नयाँ ट्रान्सफर्मर जडानपछि तनहुँसहित आसपासका जिल्लामा विद्युत् आपूर्ति थप भरपर्दो र स्थिर हुने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - २०:५९
ताप्लेजुङ । तमोर नदी मा आएको भीषण बाढीले निर्माणाधीन मोटरेवल पुल बगाएको छ । तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने उक्त पुल शुक्रबार रातिको अ...
जेष्ठ ९ गते, २०८३ - २०:५६
पाँचथर । आपत–विपदमा सुरक्षित ठानिने आफ्नै घर नै जोखिमको केन्द्र बनेपछि पाँचथर जिल्ला का याङवरक गाउँपालिकामा तीन परिवारले मध्यरातमै घर छाडे । केही घण्ट...
जेष्ठ ९ गते, २०८३ - २०:५०
काठमाडौं । देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा ...
जेष्ठ ९ गते, २०८३ - २०:४८
काठमाडाैं । इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका के...
जेष्ठ ९ गते, २०८३ - २०:४१
पूर्वतयारीमा सरकारी उदासीनता
जेष्ठ ९ गते, २०८३ - २०:३१
कास्की । अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित चार रोपनी जग्गा आज फिर्ता गरेको छ । पोखरा उपत्यका नगर वि...
जेष्ठ ९ गते, २०८३ - २०:२७
काठमाडौं। नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा हिजो जेठ ८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले ४ हजार २ स...
जेष्ठ ९ गते, २०८३ - २०:२३
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । आज बिहान आएको पहिराले ...
जेष्ठ ९ गते, २०८३ - २०:१९
तनहुँ । मार्किचोक सबस्टेसन मा नयाँ पावर ट्रान्सफर्मर जडान कार्य सुरु गरिएको छ । पुरानो ट्रान्सफर्मरमा प्राविधिक खराबी आएपछि थप क्षमता र आधुनिक प्रविधि...
जेष्ठ ९ गते, २०८३ - २०:११
बुटवल । चित्रबहादुर केसी ले संविधानबाट संघीयता हटाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । उनले अहिलेको संघीय संरचना देशले धान्नै नसक्ने दाबी गर्दै...



प्रतिकृया लेख्नुहोस्: