Khabar Dabali १० जेष्ठ २०८३ आईतवार | 24th May, 2026 Sun
Investment bank

ओलीविरुद्ध सचिवालयमा बहुमत, बादल र महेश मात्रै बचाउमा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली झन् एक्लिँदै गएको संकेत देखिएको छ । आजको बैठकमा महासचिव शंकर पोखरेल समेत पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको पक्षमा खुलेपछि ओली सचिवालयभित्र स्पष्ट रूपमा अल्पमतमा देखिएका हुन् ।

बैठकमा अहिलेसम्म बोलेका अधिकांश पदाधिकारीहरूले पार्टी अहिलेको यथास्थितिमा चल्न नसक्ने निष्कर्ष निकाल्दै नयाँ ढंगले अघि बढ्न अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका छन् । ओलीको बचाउमा भने उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेत मात्रै खुलेर उभिएका छन् ।

स्रोतका अनुसार महासचिव पोखरेलले बैठकमा “कार्यकर्तालाई ऊर्जा दिन र पार्टीलाई गति दिन नेतृत्वले निकास दिनुपर्छ” भन्ने धारणा राखेका थिए । ओलीनिकट मानिएका पोखरेलसमेत परिवर्तनको पक्षमा उभिएपछि अध्यक्षमाथिको दबाब थप बढेको छ ।

अब भोलि बस्ने बैठकमा शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारी ले धारणा राख्ने कार्यक्रम छ । स्रोतका अनुसार उनीहरूको लाइन पनि पार्टी पुनर्गठनकै पक्षमा देखिएको छ ।

एक पदाधिकारीले नेपाल प्रेससँग भने, “प्रस्तुति फरक–फरक होला, तर अधिकांशको निष्कर्ष पार्टी यसरी चल्न सक्दैन भन्ने नै छ । अध्यक्षज्यूले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने मत बलियो छ ।”

हिजो पहिलो दिन बोल्ने पाँच उपाध्यक्षमध्ये चार जनाले पनि ओलीले नेतृत्व हस्तान्तरणको बाटो खोल्नुपर्ने सुझाव दिएका थिए । बैठकअघि महासचिव पोखरेलले आफू निकटका नेताहरूसँग छुट्टै छलफल गरेर धारणा मिलाएको समेत स्रोतको दाबी छ ।

१९ सदस्यीय पदाधिकारीमध्ये अहिलेसम्म बोलेका १४ जनामध्ये १२ जना पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने पक्षमा उभिएको बताइएको छ ।

गत मंसिरमा आफ्नै प्रस्तावमा पदाधिकारी बनेका नेताहरू नै अहिले आफूविरुद्ध उभिन थालेपछि ओली अब केन्द्रीय कमिटीमा शक्ति परीक्षण गर्ने रणनीतिमा देखिएका छन् । उनले हिजोको बैठकमै “केन्द्रीय कमिटीमा पनि छलफल गर्न सकिन्छ” भन्दै संकेत दिएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ वर्षको प्रयास पानीमा बग्यो, तमोर पुल बाढीले नष्ट

ताप्लेजुङ । तमोर नदी मा आएको भीषण बाढीले निर्माणाधीन मोटरेवल पुल बगाएको छ । तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने उक्त पुल शुक्रबार रातिको अ...

पहिरोको संकेतमै गाउँ खाली, केही घण्टामै घर पुरियो

पाँचथर । आपत–विपदमा सुरक्षित ठानिने आफ्नै घर नै जोखिमको केन्द्र बनेपछि पाँचथर जिल्ला का याङवरक गाउँपालिकामा तीन परिवारले मध्यरातमै घर छाडे । केही घण्ट...

पूर्वी नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा ...

हवाई आक्रमणमा परी पाँच प्यालेष्टिनी प्रहरीको मृत्यु

काठमाडाैं । इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका के...

पूर्वी पहाडमा बाढी–पहिरोको चक्रव्यूह, न रोकथाम न तयारी

पूर्वतयारीमा सरकारी उदासीनता

अखिल नेपाल ट्रेड युनियन महासंघले फिर्ता गर्‍यो घरसहित चार रोपनी जग्गा

कास्की । अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित चार रोपनी जग्गा आज फिर्ता गरेको छ । पोखरा उपत्यका नगर वि...

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा

काठमाडौं। नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा हिजो जेठ ८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।  कम्पनीले ४ हजार २ स...

सङ्खुवासभाको मकालुमा पहिराले दुई सय भेडा पुरिए

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । आज बिहान आएको पहिराले ...

मार्किचोक सबस्टेसनमा ३० एमभिएको नयाँ ट्रान्सफर्मर जडान हुँदै, तीन जिल्लाको विद्युत् प्रणाली थप बलियो बनाइँदै

तनहुँ । मार्किचोक सबस्टेसन मा नयाँ पावर ट्रान्सफर्मर जडान कार्य सुरु गरिएको छ । पुरानो ट्रान्सफर्मरमा प्राविधिक खराबी आएपछि थप क्षमता र आधुनिक प्रविधि...

संघीयता खारेज गर्न संविधान संशोधन गरौँः चित्रबहादुर केसी

बुटवल । चित्रबहादुर केसी ले संविधानबाट संघीयता हटाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । उनले अहिलेको संघीय संरचना देशले धान्नै नसक्ने दाबी गर्दै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending