काठमाडौं । केपी शर्मा ओली नेतृत्वको पार्टीभित्रको संकट झन् गहिरिँदै गएको संकेत देखिएको छ । सचिवालय बैठकमा एकपछि अर्को पदाधिकारी आफूविरुद्ध उभिन थालेपछि ओलीले आज पनि पार्टीमाथि ‘चौतर्फी आक्रमण’ भइरहेको दाबी गरेका छन् ।
हिजोसम्म आफ्नै कित्तामा देखिएका नेताहरूले नेतृत्व हस्तान्तरणको माग गर्दै मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेपछि ओली थप दबाबमा परेका हुन् । बैठकमा उनले विरोधी शक्तिसँग मिलेर पार्टी कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार ओलीले बीचबीचमा प्रतिक्रिया दिँदै, “तपाईंहरूको कुरा सुनिरहेको छु, म भोलि बोल्छु,” भनेका थिए । ती नेताका अनुसार ओलीको स्वर कडा र असन्तुष्ट देखिएको थियो ।
हिजोदेखि जारी सचिवालय बैठकमा बहुमत पदाधिकारीहरूले एमाले अहिलेको कमजोर अवस्थासम्म पुग्नुमा नेतृत्व जिम्मेवार रहेको भन्दै राजीनामामार्फत नयाँ नेतृत्वका लागि बाटो खोल्न सुझाव दिएका छन् । बैठकका क्रममा नेताहरूबीच चर्काचर्कीसमेत भएको बताइएको छ ।
मूलतः नेताहरूको कार्यविभाजन टुंग्याउने एजेण्डासहित बोलाइएको सचिवालय बैठक अहिले पार्टी पुनर्गठन, नेतृत्वको भूमिकामाथिको प्रश्न र आगामी शक्ति सन्तुलनको बहसतर्फ मोडिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ९ गते, २०८३ - २०:५९
ताप्लेजुङ । तमोर नदी मा आएको भीषण बाढीले निर्माणाधीन मोटरेवल पुल बगाएको छ । तमोर कोरिडोर अन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने उक्त पुल शुक्रबार रातिको अ...
जेष्ठ ९ गते, २०८३ - २०:५६
पाँचथर । आपत–विपदमा सुरक्षित ठानिने आफ्नै घर नै जोखिमको केन्द्र बनेपछि पाँचथर जिल्ला का याङवरक गाउँपालिकामा तीन परिवारले मध्यरातमै घर छाडे । केही घण्ट...
जेष्ठ ९ गते, २०८३ - २०:५०
काठमाडौं । देशका विभिन्न भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा ...
जेष्ठ ९ गते, २०८३ - २०:४८
काठमाडाैं । इजरायलले उत्तरी गाजा पट्टीमा शनिबार गरेको आक्रमणमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको छ। गाजा शहरको अल–शिफा अस्पतालका अनुसार आक्रमणका के...
जेष्ठ ९ गते, २०८३ - २०:४१
पूर्वतयारीमा सरकारी उदासीनता
जेष्ठ ९ गते, २०८३ - २०:३१
कास्की । अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित चार रोपनी जग्गा आज फिर्ता गरेको छ । पोखरा उपत्यका नगर वि...
जेष्ठ ९ गते, २०८३ - २०:२७
काठमाडौं। नेपाल टेलिकमले डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा हिजो जेठ ८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले ४ हजार २ स...
जेष्ठ ९ गते, २०८३ - २०:२३
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । आज बिहान आएको पहिराले ...
जेष्ठ ९ गते, २०८३ - २०:१९
तनहुँ । मार्किचोक सबस्टेसन मा नयाँ पावर ट्रान्सफर्मर जडान कार्य सुरु गरिएको छ । पुरानो ट्रान्सफर्मरमा प्राविधिक खराबी आएपछि थप क्षमता र आधुनिक प्रविधि...
जेष्ठ ९ गते, २०८३ - २०:११
बुटवल । चित्रबहादुर केसी ले संविधानबाट संघीयता हटाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । उनले अहिलेको संघीय संरचना देशले धान्नै नसक्ने दाबी गर्दै...



प्रतिकृया लेख्नुहोस्: