काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी नेतृत्वको अबको मुख्य उद्देश्य गुटगत राजनीति अन्त्य गरेर संगठनलाई एकताबद्ध र सुदृढ बनाउने रहेको बताएका छन्।
काभ्रेको धुलिखेलमा सोमबारदेखि सुरु भएको ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’लाई सम्बोधन गर्दै उनले पार्टीभित्र विभाजनलाई बढावा दिने प्रवृत्ति अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्ने नीति लिइएको स्पष्ट पारे।
उनका अनुसार, विशेष महाधिवेशनमा सहभागी भएका नेताहरूलाई मात्र नभई सहभागी नभएकाहरूलाई पनि क्रमश: जिम्मेवारीमा समेट्ने तयारी भइरहेको छ। उनले यसलाई “गुट भत्काएर पार्टी बनाउने बाटो”को रूपमा व्याख्या गरे।
शर्माले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति शंका नगर्न आग्रह गर्दै यो काम संगठनात्मक संरचना अनुसार वडा, पालिका र जिल्ला तहबाटै हुने बताए। उनका अनुसार सदस्यता अद्यावधिक गर्ने जिम्मेवारी केन्द्रका नेताहरूको नभई स्थानीय तहका निर्वाचित पार्टी संरचनाको हो।
उनले कार्यकर्तालाई आफ्नै वडास्तरको नेतृत्वमा विश्वास गर्न सुझाव दिँदै भने, “गगन थापालाई विश्वास नगर्नुस् भने पनि ठीक छ, तर आफ्नै वडाको पार्टी सभापतिलाई विश्वास गर्नुस्।”
यसै क्रममा उनले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा अनावश्यक आशंका र अविश्वास गर्न आवश्यक नरहेको तर्क गरे। पार्टी संरचना अनुसार वडा सभापति, पालिका सभापति र जिल्ला सभापतिहरू नै यस प्रक्रियामा जिम्मेवार रहने उनले स्पष्ट पारे।
यस प्रसङ्गमा उनले नेता गगन थापाको नाम उल्लेख गर्दै सदस्यता अद्यावधिक प्रक्रियालाई संस्थागत प्रणालीमार्फत अघि बढाइएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
श्रावण १७ गते, २०८३ - १६:२०
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
श्रावण १७ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...
श्रावण १७ गते, २०८३ - १३:१६
काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...
श्रावण १७ गते, २०८३ - १२:५२
राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...
श्रावण १७ गते, २०८३ - १२:३८
काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...
श्रावण १७ गते, २०८३ - १२:२७
तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...



प्रतिकृया लेख्नुहोस्: