Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

बनेपास्थित सुकुमबासी होल्डिङ सेन्टरको संसदीय टोलीद्वारा निरीक्षण

खबरडबली संवाददाता

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको नेतृत्वमा सोमबार बनेपा मा रहेको सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षण गरेको छ।

समिति सदस्य र कर्मचारीसहित १५ सदस्यीय टोलीले होल्डिङ सेन्टरमा बसोबास गर्दै आएका सुकुमबासी नागरिकसँग छलफल गर्दै उनीहरूको समस्या र मागबारे जानकारी लिएको थियो। टोलीले तत्काल समाधान आवश्यक रहेका विषयहरूको टिपोट गर्दै समस्या समाधान प्रक्रिया छिटो अघि बढाइने प्रतिबद्धता जनाएको छ।

सुकुमबासी नागरिकहरूले बालबालिकाको शिक्षालाई निरन्तरता दिनुपर्ने, दीर्घरोगीहरूको उचित स्वास्थ्य व्यवस्थापन गर्नुपर्ने तथा स्थायी बसोबासको व्यवस्था छिटो गर्नुपर्ने माग राखेका छन्।

समितिका सभापति हरि ढकाल ले शिक्षा र स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानका लागि आवश्यक पहल छिट्टै गरिने बताएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुपर्छ: सांसद ओली

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँ...

धरान–फिदिम मिनीबस नावाखोलामा दुर्घटना, तीन घाइते

फिदिम। सुनसरीको धरानबाट पाँचथरको फिदिमका लागि छुटेको मिनीबस तमोर करिडोरमा दुर्घटना भएको छ । तमोर करिडोरअन्तर्गत धनकुटा–पाँचथर सडक खण्डको नावाखोलामा सो...

पर्चा प्रदर्शन नगर्न सभामुखको निर्देशन, ‘मर्यादामा बसेर विरोध गर्नुस्’

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्नु कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन्। श्रम संस्कृति पार्ट...

संसद बैठकमा श्रम संस्कृति पार्टीले गर्याे पर्चा बोकेर विरोध

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्याल ले बैठक सुरु गरेलगत्तै श्रम संस्कृति पार...

मन्त्री अनुपस्थित भए पनि संसदीय समितिको बैठक बस्न सक्ने व्यवस्था हुँदै

काठमाडौं । प्रतिनिधिसभाको नियमावली संशोधनमार्फत मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने व्यवस्था गर्न लागिएको छ। सोमबार बस्न...

बनेपास्थित सुकुमबासी होल्डिङ सेन्टरको संसदीय टोलीद्वारा निरीक्षण

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालको नेतृत्वमा सोमबार बनेपा मा रहेको सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षण गरेको छ। ...

सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए - खोटाङ पूर्वी तराईसँग सीधा यातायात सम्पर्कबाट विच्छेद

खोटाङ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक-फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको छ। यी अस्था...

फलफूलको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’ प्रयोग

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादी...

खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयमा खुसीयाली

हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–३ को वडा केन्द्र खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयवासीले खुसीयाली मनाएका छन् । केही दिनअघि निर्माण सम्पन्न भ...

कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा पुरुषको शव फेला

कञ्चनपुर। कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । दोधारा चाँदनी नगरपालिका–५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको हत्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending