Khabar Dabali ३ श्रावण २०८३ आईतवार | 19th July, 2026 Sun
Investment bank

खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयमा खुसीयाली

खबरडबली संवाददाता

हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–३ को वडा केन्द्र खगालगाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयवासीले खुसीयाली मनाएका छन् । केही दिनअघि निर्माण सम्पन्न भएको सडकमा परीक्षणका रूपमा बोलेरो जिप सफलतापूर्वक पुगेपछि खगालगाउँवासीले खुसी साटासाट गरेका हुन् ।

नाम्खा गाउँपालिकाका छ वडाका केन्द्रमध्ये हालसम्म सडक सञ्जाल नजोडिएको वडा नम्बर ३ को केन्द्र खगालगाउँमा पहिलो पटक बोलेरो जिप पुगेपछि स्थानीयले जिप तथा यात्रुलाई खादा लगाएर स्वागत गरेका थिए । वडा अध्यक्ष ग्याम्जो लामाले जीपसहितको टोलीलाई स्वागत गर्दै पुजा समेत गरेको थियो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले सडक परीक्षण सफल भएपछि औपचारिक रूपमा उद्घाटन गरेको जनाइएको छ । वडा केन्द्रसम्म सडक पुग्नुअघि स्थानीयलाई करिब एक घण्टा पैदल उकालो हिँडेर खगालगाउँ पुग्नुपर्ने बाध्यता थियो ।

अब गाउँमै सडक जोडिएपछि स्थानीयलाई सहज भएको खगालगाउँ स्वास्थ्य चौकीका इन्चार्ज गोर्ख भण्डारीले बताए। उनका अनुसार सडक पुगेपछि आकस्मिक स्वास्थ्य सेवा लिन तथा बिरामीलाई सदरमुकाम सिमकोटसम्म लैजान सहज हुनेछ ।

वडा अध्यक्ष लामाको पहलमा वडा केन्द्रसम्म सडक विस्तार भए पनि आवश्यक बजेट तथा योजना पर्याप्त नभए पनि गाउँपालिकाको जेसिबी र पूर्वाधार विकास कार्यालयको इन्धन सहयोगमा सडक निर्माण सम्पन्न गरिएको हो । यससँगै नाम्खा गाउँपालिकाका सबै वडा केन्द्र सडक सञ्जालमा जोडिएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारी वर्षाले माइतीघर जलमग्न: सडक डुबानमा पर्दा सवारी अस्तव्यस्त, पैदलयात्रीलाई सास्ती

काठमाडौं । अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र आइतबार जलमग्न भएको छ। सडकमा पानी जम्दा सवारीसाधनको आवागमन प्रभावित हुनुका साथै पैदलयात्रीले पनि न...

कांग्रेस विवादमा नयाँ मोड: इतर समूहले सार्वजनिक गर्‍यो पार्टी एकताका ५ प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक विवादका बीच संस्थापन इतर समूहले पार्टी एकताका लागि आफूहरूले अघि सारेका पाँच बुँदे प्रस्ताव सार्वजनिक गरे...

कोसीमा खतराको संकेत: पानीको बहाव २ लाख क्युसेक नाघ्यो, ब्यारेजका २८ ढोका खोलिए

सप्तरी । लगातारको वर्षापछि कोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्दै २ लाख ९ हजार ८४० क्युसेक पुगेको छ। पानीको सतह बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये २८ व...

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घ...

रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर आइतबार साँझ ५.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार...

टेकुमा प्रहरीको गोली प्रहारपछि तीन लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। ब्युरो प्...

धुलिखेल रिसोर्टबाट फर्किए रवि लामिछाने र स्वर्णिम वाग्ले

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थ...

रुसद्वारा किभमा ठूलो क्षेप्यास्त्र आक्रमण: एक जनाको मृत्यु, १४ घाइते

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रसहित ठूलो मात्रामा आक्रमण गरेको छ। यो रुस–युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आ...

ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापानको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अ...

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending