काठमाडौं । प्रधानमन्त्रि बालेन्द्र साहले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई लक्षित गर्दै संयमता, सहकार्य र सभ्य संवादको सन्देश दिएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बालेनले समाज परिवर्तनका लागि हर्क साम्पाङले खेलेको भूमिकाको प्रशंसा गर्दै अबको राजनीति आरोप–प्रत्यारोपभन्दा माथि उठ्नुपर्ने बताएका हुन् ।
उनले देश निर्माणका लागि आपसी सम्मान, सकारात्मक सोच र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै असहमति भए पनि त्यसको समाधान “सभ्य संवाद र विवेकपूर्ण बहस” बाट खोजिनुपर्ने धारणा राखेका छन् ।
“राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,” बालेनको सन्देशमा उल्लेख छ ।
पछिल्लो समय हर्क साम्पाङले सुकुम्वासी बस्तीमा डोजर चलाइएको विषयदेखि अध्यादेश, बजेट र सरकारको कार्यशैलीमाथि लगातार आक्रामक अभिव्यक्ति दिँदै आएका छन् । उनले सरकार “दुर्घटनातिर कुदिरहेको” आरोपसमेत लगाएका थिए ।
त्यसैबीच आएको बालेनको यो सन्देशलाई राजनीतिक वृत्तमा “तनाव कम गर्ने प्रयास” का रूपमा हेरिएको छ ।
बालेनले हर्कको ऊर्जा, समर्पण र जनतामाझको प्रभावलाई सकारात्मक रूपमा उपयोग गर्न आग्रह गर्दै देश निर्माणमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - २१:३२
काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरू...
जेष्ठ ३१ गते, २०८३ - २१:२९
काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि सिंहदरबारको दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै काठमाडौं महानगर क्षेत्रभित्र अत...
जेष्ठ ३१ गते, २०८३ - २१:२१
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर...
जेष्ठ ३१ गते, २०८३ - २१:१७
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...
जेष्ठ ३१ गते, २०८३ - २१:१७
म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...
जेष्ठ ३१ गते, २०८३ - २१:०४
काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन राजधानीको तीनकुनेस्थित मन्डला ब्याङ्कवेटमा सम्पन्न भएको छ। सम्मेलनले सांस्कृति...
जेष्ठ ३१ गते, २०८३ - २१:०१
काठमाडौँ । विभिन्न राजनीतिक दलसँग आबद्ध पाँच दलित सङ्गठनबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन गर...
जेष्ठ ३१ गते, २०८३ - २०:५१
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफू र दुई मन्त्रीलाई ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक ग...
जेष्ठ ३१ गते, २०८३ - २०:३५
नवलपुर । पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइ...
जेष्ठ ३१ गते, २०८३ - २०:३३
कैलाली । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो भीरमा खसालिएको घटनाले व्यापक विरोध र आ...



प्रतिकृया लेख्नुहोस्: