काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत ६ सदस्यीय संवैधानिक परिषद्को बैठक बस्ने र निर्णय गर्ने प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ।
अध्यादेशअनुसार अब ६ सदस्यीय परिषद्को बैठक बस्नका लागि कम्तीमा ४ जना सदस्यको उपस्थिति अनिवार्य गरिएको छ। तीमध्ये अध्यक्ष (प्रधानमन्त्री) र कम्तीमा तीन जना सदस्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ। यसलाई कुल सदस्यको बहुमतका रूपमा गणपूरक संख्या मानिनेछ।
निर्णय प्रक्रियामा नयाँ व्यवस्था
अध्यादेशको दफा ६ को उपदफा ९५० अनुसार बैठकमा अध्यक्ष र कम्तीमा दुई सदस्य गरी न्यूनतम तीन जनाको सहमतिबाट परिषद्को निर्णय गर्न सकिनेछ। यसले सबै सदस्यको उपस्थिति बिना पनि निर्णय प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गरेको छ।
बराबरी मतमा अध्यक्षको निर्णायक भूमिका
यदि सबै ६ सदस्य उपस्थित भएको अवस्थामा मत ३–३ बराबर भएमा अध्यक्षको सहमति भएको पक्षलाई बहुमत मानेर निर्णय हुने व्यवस्था गरिएको छ।
संवैधानिक परिषद्को संरचना
संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्ति सिफारिस गर्ने सर्वोच्च निकायका रूपमा रहेको परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख तथा प्रमुख प्रतिपक्षी दलका नेता रहने प्रावधान छ।
सरकारले ल्याएको यो अध्यादेशले परिषद्को बैठक र निर्णय प्रक्रियालाई सहज बनाउने उद्देश्य राखे पनि यसबारे विभिन्न कोणबाट बहस सुरु भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १८:१३
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: