काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ।
नगरपालिकाका अनुसार वडा नं। २, ३ र ४ मा संक्रमण देखिएपछि नियन्त्रण तथा रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको छ। संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगरपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत रामनारायण मौलीले संक्रमित क्षेत्रका कुखुरा, हाँस, बट्टाई, लौकाटलगायत पंक्षी, तिनका अन्डा र दाना नष्ट गर्ने काम भइरहेको जानकारी दिए। उनका अनुसार रोग थप फैलिन नदिन पंक्षीहरूको सुरक्षित विसर्जन तथा निसंक्रमण कार्यलाई तीव्र पारिएको छ।
बर्डफ्लु मानिसमा समेत सर्न सक्ने जोखिमयुक्त रोग भएकाले नगरपालिकाले पंक्षी फार्म सञ्चालक र सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
नगरपालिकाले फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन र अत्यावश्यक अवस्थामा निसंक्रमण गरेर मात्रै प्रवेश गराउन निर्देशन दिएको छ। एउटा फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजान र प्रयोग गरिएका अन्डाका क्रेट पुन: प्रयोग नगर्न पनि आग्रह गरिएको छ।
फार्मको जैविक सुरक्षाका लागि प्रवेशद्वारमा चुन वा निसंक्रामक औषधिसहितको ‘फुटबाथ’ राख्न, छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा फार्म परिसर नियमित रूपमा निसंक्रमण गर्न भनिएको छ। साथै, कुकुर, बिरालो र मुसाजस्ता जनावरलाई फार्मभित्र प्रवेश गर्न नदिन पनि सुझाव दिइएको छ।
नगरपालिकाले मासु तथा मासुजन्य पदार्थ राम्ररी पकाएर मात्र सेवन गर्न र पंक्षीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन आग्रह गरेको छ।
यदि फार्म वा घरपालुवा पंक्षीहरू अचानक धेरै बिरामी परे वा मरेमा जथाभावी नफाल्न, सुरक्षित रूपमा गाड्न र तत्काल स्थानीय तह वा पशु सेवा कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
नगरपालिकाले संक्रमण प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरिएको जनाउँदै बर्डफ्लु नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - १४:३३
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...
जेष्ठ १२ गते, २०८३ - १३:४०
काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...
जेष्ठ १२ गते, २०८३ - १३:३४
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...
जेष्ठ १२ गते, २०८३ - १३:२६
काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...
जेष्ठ १२ गते, २०८३ - १३:१४
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्र...
जेष्ठ १२ गते, २०८३ - १३:०४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेको छन् । मङ्गलबार प...
जेष्ठ १२ गते, २०८३ - १२:५१
काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...
जेष्ठ १२ गते, २०८३ - १२:३३
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...
जेष्ठ १२ गते, २०८३ - १२:०६
काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...
जेष्ठ १२ गते, २०८३ - ११:४२
उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...



प्रतिकृया लेख्नुहोस्: