नेपालगन्ज। पश्चिम नेपालको बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा अत्यधिक गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पताललाई २४ सै घण्टा ‘हाइ अलर्ट’मा राखिएको छ ।
प्रचण्ड गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेसँगै हिटस्ट्रोकको जोखिम बढेपछि पश्चिम नेपालको सबैभन्दा ठुलो सरकारी अस्पतालका रूपमा रहेको भेरी अस्पताललाई २४ सै घण्टा हाइ अलर्टमा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले बताए।
डा। दर्नालका अनुसार बाँकेमा अत्यधिक गर्मी हुने भएकाले मानिसमा हिटस्ट्रोकको जोखिम उच्च रहेको छ । त्यसका लागि इमरजेन्सी म्यानेजमेन्ट टिमलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिए।
पछिल्ला केही दिनयता भेरी अस्पतालमा गर्मीजन्य रोगका बिरामी बढ्दै गएको जनाउँदै डा। दर्नालले टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने, ज्वरो आउनेलगायतका समस्या भएका बिरामीको संख्या निरन्तर बढिरहेको बताए।
चर्को गर्मीका कारण शरीरमा घमौरा आउने, डिहाइड्रेसन हुने, फुड प्वाइजनिङ हुने तथा आँखामा एलर्जी र संक्रमण देखिने जोखिम उच्च रहने भएकाले चिकित्सकहरूले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई सुझाव दिएका छन् । उनीहरूले दिउँसोको चर्को घाममा घर बाहिर ननिस्कन समेत आग्रह गरेका छन् ।
भेरी अस्पतालका सूचना अधिकारी वरिष्ठ फिजिसियन डा। संकेतकुमार रिसालले लगातार उच्च ज्वरो आउने, बेहोस हुने, सास फेर्न गाह्रो हुने वा बान्ता भइरहने समस्या देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान सर्वसाधारणलाई अनुरोध गरे।
अहिलेको प्रचण्ड गर्मीबाट दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी मजदुरहरू सबैभन्दा बढी प्रभावित भएका छन् । अस्पतालमा आउने बिरामीमध्ये अधिकांश मजदुरी गर्ने वर्गका रहेको भेरी अस्पतालले जनाएको छ । नेपालको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई जिल्लाहरूमा अझै केही दिन तातो लु चल्ने चेतावनी जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - १८:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...
श्रावण ४ गते, २०८३ - १६:५७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...
श्रावण ४ गते, २०८३ - १६:३६
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...
श्रावण ४ गते, २०८३ - १६:२८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...
श्रावण ४ गते, २०८३ - १६:२०
फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...
श्रावण ४ गते, २०८३ - १६:०८
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...
श्रावण ४ गते, २०८३ - १६:००
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...
श्रावण ४ गते, २०८३ - १५:५०
चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । हात्तीले ग...
श्रावण ४ गते, २०८३ - १५:४१
विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । ...
श्रावण ४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...



प्रतिकृया लेख्नुहोस्: