Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

खबरडबली संवाददाता

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा उठेका प्रश्नप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने मौन देखिएका छन्।

उपचार खर्च फिर्ता गर्न कार्यकर्ताको लेबीबाट संकलित रकम प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालदेखि पार्टीभित्रसम्म आलोचना भइरहेको छ। नेताहरूले नेतृत्वको निर्णयका कारण भएको विवाद समाधान गर्न कार्यकर्ताको पसिनाको पैसा प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

एमालेका पुराना नेता उदयराज पाण्डेले सामाजिक सञ्जालमार्फत नेतृत्वको आलोचना गर्दै कार्यकर्ताको समस्यातर्फ ध्यान दिनुपर्ने बताएका छन्। उनले जीवनभर पार्टीका लागि काम गर्दा आर्थिक कठिनाइमा रहेका कार्यकर्तालाई बेवास्ता गरेर नेतृत्वको गल्ती ढाक्न पार्टी कोष प्रयोग गरिएको टिप्पणी गरेका छन्।

त्यस्तै नेता अरविन्द सिंहले पनि नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै लाखौं सदस्यको लेबी आफ्नो गल्ती लुकाउन खर्च गरिएको आरोप लगाएका छन्।

स्रोतका अनुसार, पार्टी उपाध्यक्ष गोकर्ण विष्टले समेत सचिवालय बैठकमै यसबारे प्रश्न उठाएका थिए। उनले कार्यकर्ताको लेबीबाट उठेको रकम सरकारलाई फिर्ता गरिएको विषय सत्य हो वा होइन भनेर अध्यक्ष ओलीसँग स्पष्ट जवाफ मागेका थिए।

चार दिनसम्म चलेर आइतबार राति सकिएको सचिवालय बैठकमा अन्य केही पदाधिकारीले पनि विष्टको प्रश्नमा समर्थन जनाएका थिए। तर, अध्यक्ष ओलीले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बैठक स्रोतले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राज्य कोषबाट गैरकानुनी रूपमा विदेश उपचार खर्च व्यहोर्ने निर्णयमाथि छानबिन थालेपछि एमालेले उक्त रकम पार्टी कोषबाट फिर्ता गरेको हो।

एमालेले पूर्वराष्ट्रपति रामवरण यादव तथा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र झलनाथ खनालको विदेश उपचारमा खर्च भएको ३ करोड ८५ लाख ९९ हजार ८६९ रुपैयाँ सरकारलाई फिर्ता गरेको जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...

अर्घाखाँचीमा जंगली च्याउ खाँदा महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...

संसदमा हप्तामा दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न सांसदको माग

काठमाडौँ। सत्तारुढ राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...

कार्यक्रमहरूमा हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न उर्दी

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्र...

किसानलाई समयमा मल उपलब्ध गराउन रास्वपा सांसद सिंहको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेको छन् । मङ्गलबार प...

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...

गोकर्णेश्वरका तीन वडामा बर्डफ्लु संक्रमण पुष्टि, नियन्त्रणका लागि विशेष अभियान

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...

तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक हजार ३०० ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भएको छापावा...

चार दिनदेखि हराएकी महिलाको शव फेला

उर्लाबारी। मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव बक्राहा खोला किनारमा फेला परेको छ। लिम्बू चार दिनदेखि हराइेको थिइन्। ...

कपिलवस्तुमा बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु। जिल्लाको महाराजगञ्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगञ्ज हुलाकी सडकखण्डमा मङ्गलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending