बाजुरा। शैक्षिक सत्र सुरु हुनअघि नै बाजुरामा पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री केन्द्र, धनगढीले चैत ११ गते बसेको संयुक्त बैठकले चैत १६ देखि पाठ्यपुस्तक वितरण सुरु गर्ने निर्णय गरेसँगै जिल्लामा किताबहरू पुगेका हुन्।
करुण पुस्तक पसल, मार्तडीका प्रोपर्टाइटर नृपबहादुर खातीले भने, “मैले चैत १६ गते धनगढीबाट किताब उठाएर चैत १७ गते बाजुरामा पुर्याइसकेको छु। अहिले ती किताब धमाधम विद्यालयहरूमा वितरण गरिरहेको छु।”
गत वर्ष झैं यस वर्ष पनि उनले २१ हजार ८२५ थान किताब बाजुरामा ल्याएर वितरण गरिरहेको छन्। विगतका केही वर्षमा यहाँ किताब ढिला पुग्ने गरेको भए पनि, गत वर्षदेखि शैक्षिक सत्र सुरु हुन अघि नै किताब वितरण हुने गरेको छ। यसका कारण यहाँका बालबालिकाहरू समेत खुसी भएका छन्।
यस वर्ष बाजुराका आठ वटा पुस्तक विक्रेतामार्फत किताब वितरण गरिएको छ। यसमा प्रविन एण्ड ललित स्टेशनरी पसलले २४ हजार ४१०, करुण पुस्तक पसलले २१ हजार ८२५, सृजना स्टेशनरीले छ हजार ६०, आरके स्टेशनरीले पाँच हजार ४१४, मष्टा मल्टी स्टेशनरीले चार हजार ४७, बैष्णवीले आठ हजार २३७, रारा पुस्तक पसलले १३ हजार ९२१ र निशान्त जनरल स्टोरले ८ हजार ४७६ थान किताब वितरण गरेका छन्।
जनकशिक्षा सामाग्री केन्द्र, धनगढीका सूचना अधिकारी जितेन्द्र चौधरीका अनुसार यस वर्ष बाजुरामा जम्मा ९२ हजार ३९० थान किताब वितरण गरिएको छ। चौधरीले भन्नुभयो, “गत शैक्षिक सत्र ०८२ मा सबैभन्दा पहिलो बाजुरालाई किताब वितरणको पालो परेको थियो। सत्र ०८३ मा पनि बाजुरा र दार्चुलालाई पहिलो चरणमा किताब वितरण गरिएको छ।”
चौधरीले थप्नुभयोपे, “चैत १६–१८ गते बाजुरा र दार्चुला, १९–२१ गते बझाङ र अछाम, २२–२४ गते बैतडी–डोटी, २५ गते डडेल्धुरा, २६–२७ गते कञ्चनपुर, र २८–३० गते कैलालीलाई क्रमशस् वितरण गरिएको छ।”
गत वर्ष सुदूरपश्चिममा २१ करोड ९२ लाख ७३ हजार ४९४ रुपैयाँको लागतमा १६ लाख २९ हजार २६३ थान किताब वितरण गरिएको थियो। यस वर्ष भने कक्षा ४ बाहेक अन्य सबै कक्षाका किताब वितरण भइरहेको जनकशिक्षा केन्द्रले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १३:२०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ । पछिल्लो विवरणअनुसार ६०९ पालिका, ...
आषाढ़ २ गते, २०८३ - १३:०८
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकको...
आषाढ़ २ गते, २०८३ - १२:५१
इन्डोनेसिया। मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपो...
आषाढ़ २ गते, २०८३ - १२:४३
काठमाडौँ। औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३०२ औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ। विभागले मङ्गलबार जारी गरेको सूचनामा...
आषाढ़ २ गते, २०८३ - १२:३१
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुन: निर्वाचित भएका छन्। निर्वाचनमा विष्टले ३५८ म...
आषाढ़ २ गते, २०८३ - १२:०८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। अख्तियार निकट स्रोतका अनुसार राहदानी ...
आषाढ़ २ गते, २०८३ - ११:५४
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८...
आषाढ़ २ गते, २०८३ - ११:४२
काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...
आषाढ़ २ गते, २०८३ - ११:३२
बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...
आषाढ़ २ गते, २०८३ - ११:१५
काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...



प्रतिकृया लेख्नुहोस्: