काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छन् ।
सभामुख पदका लागि शुक्रबार उम्मेदवारी दर्ता भएको छ भने निर्वाचन चैत २२ गते गर्ने तालिका छ । सङ्घीय संसद सचिवालयका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकिएको छ । लगत्तै २:३० बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।
२२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।
यसअघि रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अर्यालले आज सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको हो ।
हाल सभामुख नहुँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्दै आइरहेको छन् ।
सभामुख पदको निर्वाचनपछि चैत २३ गते राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ । त्यसका लागि चैत २२ गते मनोनयन दर्ताको कार्यक्रम छ ।
यसअघि उपाध्यक्ष विमला घिमिरेको कार्यकाल २० फागुनमा सकिएकाले हाल राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त छ ।
को हुन् डोलप्रसाद अर्याल
डोलप्रसाद अर्याल नेपाली राजनीतिज्ञ हो। उनी वि.सं. २०७९ माघमा प्रचण्ड नेतृत्वको सरकारमा २० दिनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेको थिए।
वि।सं। २०७९ को निर्वाचनमा उहाँ खस जनताको वर्गबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भई विघटित प्रतिनिधि सभाका पूर्व सदस्य थिए। हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापतिको रुपमा क्रियाशील छन्।
उनी माघ २०७९ मा सर्वोच्च अदालतले रास्वपा अध्यक्ष रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै सबै सार्वजनिक पदबाट हटाएपछि छोटो समयका लागि कार्यवाहक अध्यक्ष नियुक्त भएका भएको थिए।
त्यसपछि सहकारी मुद्दामा लामिछाने कारागारमा रहँदा पनि अर्यालले कार्यवाहक सभापतिको भूमिका निर्वाह गरेका थिए। लामिछाने कारागार मुक्त भएपछि अर्याल उपसभापति पदमा कायम भएको छन् ।
अर्याल दुई पटक श्रम मन्त्री बनिसक्नुभएको छ । जेनजी आन्दोलनपछि भएको संसद् विघटनपछि घोषित फागुन २१ को निर्वाचनमा उहाँ रास्वपाबाट काठमाडौँ–९ निर्वाचन क्षेत्रमा उम्मेदवार बनेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १७:३५
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभामा बोल्ने समय नपाएको भन्दै संसद्को वेल घेराउ गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले आफ्नो दललाई...
जेष्ठ २७ गते, २०८३ - १७:२८
काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले बोल्न नपाएको भन्दै सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले आफ्नो दललाई बो...
जेष्ठ २७ गते, २०८३ - १७:२३
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...
जेष्ठ २७ गते, २०८३ - १७:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...
जेष्ठ २७ गते, २०८३ - १७:०१
काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...
जेष्ठ २७ गते, २०८३ - १६:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...
जेष्ठ २७ गते, २०८३ - १६:४०
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...
जेष्ठ २७ गते, २०८३ - १६:२८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...
जेष्ठ २७ गते, २०८३ - १६:११
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...
जेष्ठ २७ गते, २०८३ - १६:०८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको ज...



प्रतिकृया लेख्नुहोस्: