काठमाडौं । पूर्वयुवराज पारस शाह लाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल मा भर्ना गरिएको छ। बिहीबार बिहान उनको मुटुसम्बन्धी उपचारअन्तर्गत पेसमेकरको ब्याट्री परिवर्तन गरिएको हो।
उपचारमा संलग्न चिकित्सकका अनुसार शाहको मुटुमा समस्या देखिएपछि यसअघि बैंकक मा पेसमेकर राखिएको थियो। हाल उक्त उपकरणको ब्याट्री सकिएकाले त्यसलाई नयाँसँग प्रतिस्थापन गरिएको चिकित्सकले जानकारी दिए।
चिकित्सकका अनुसार मुटु कमजोर भएका कारण उनको शरीरमा पेसमेकर राखिएको हो। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र आगामी दुईदेखि तीन दिनभित्र डिस्चार्ज गरिने सम्भावना रहेको जनाइएको छ।
पेसमेकर मुटुको चाल नियन्त्रण गर्ने एक कृतिम उपकरण हो। जब मुटुले आवश्यक गतिमा धड्कन उत्पन्न गर्न सक्दैन, तब यो उपकरणले नियमित संकेत दिई मुटुको चाललाई सन्तुलित बनाउँछ।
मुटुको चालमा समस्या आएमा रिँगटा लाग्ने, कमजोरी महसुस हुनेदेखि लिएर बेहोस हुनेसम्मका लक्षण देखिन सक्छन्। यस्ता अवस्थाबाट जोगिन र मुटुको चाल सामान्य बनाउन पेसमेकर प्रयोग गरिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १३:५२
सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले ज...
चैत्र १९ गते, २०८२ - १३:३८
पत्रकार महासंघले भन्यो: अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास
चैत्र १९ गते, २०८२ - १३:२५
फ्लोरिडा। आधा शताब्दीभन्दा बढीपछि मानवता पुन: चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत ...
चैत्र १९ गते, २०८२ - १३:०५
खजुरा। नेपालगन्जको वडा नम्बर १२ कोरियनपुरमा चैत १४ गते राति जलेको अवस्थामा भेटिएकी सिर्जना बुढामगरको मृत्यु जलनकै कारण भएको पोष्टमार्टम रिपोर्टले देखा...
चैत्र १९ गते, २०८२ - १२:४८
काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएको छ। ...
चैत्र १९ गते, २०८२ - १२:३५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेको छिन्। सरकारले सय दिनभित्र साना सहकार...
चैत्र १९ गते, २०८२ - १२:१८
सुर्खेत । बलात्कारपछि हत्या भएको १६ वर्षीया इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन्। परिवारका अनुसार शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको ...
चैत्र १९ गते, २०८२ - १२:०९
काठमाडौं । पूर्वयुवराज पारस शाह लाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल मा भर्ना गरिएको छ। बिहीबार बिहान उनको मुटुसम्ब...
चैत्र १९ गते, २०८२ - ११:४७
काठमाडौं । यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटी र मातहतका प्रहरी टोलीले बल्खु क्ष...
चैत्र १९ गते, २०८२ - ११:४७
काठमाडौं । यात्रुलाई अनावश्यक रूपमा तानातान गरेको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटी र मातहतका प्रहरी टोलीले बल्खु क्ष...


प्रतिकृया लेख्नुहोस्: