Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

राजधानीमै मानव बलि दिने प्रयास !

काठमाडौँ । हड्डी जगाउने नाममा बलि दिन खोज्ने तान्त्रिकसहित दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनमा एक युवतीलाई बन्धक बाई बलि दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र ओमकार शाहलाई पक्राउ गरेको हो । आजको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा खबर छ– पहरी भारतीय नागरिक हुन भने शाह पीडित युवतिका दाजु हुन् । पुजाको नाममा आफुलाई १८ दिनसम्म बन्धक बनाएर बलि दिनेप्रयास गरेको भन्दै पीडित युवतीले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा उनीहरुलाई कानुनी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । नागार्जुनस्थित एक घरमा डडेरा लिई हरेक दिन युवतीलाई मानव खप्पर तथा हड्डीमा पुजा गर्न लगाइन्थ्यो । पुजा गरेपछि हड्डी जाग्ने र जे माग्यो त्यही पुरा हुने विश्वासका आधारमा शाहले आफ्नी बहिनीलाई त्यहाँ लगेका थिए । हड्डी जगाउनका लागि आफ्नो बलि दिन लगिएको कुरा सुनेपछि भागेर युवती प्रहरी चौकी पुगेकी थिइन् । प्रहरीले डेराबाट मानव खप्पर तथा हड्डीसमेत बरामद गरेको छ । खप्पर बिक्री गर्ने एक ब्यक्ति पनि पक्राउ परेका छन् । पुजा गर्न कन्या चाहिने भन्दै आफुलाई त्यहाँ लगिएको र सँधै तरवारमा पुजा गर्न लगाइने गरिएको युवतीले बताएकी छन् । पक्राउ गरिएकाहरुले भने युवतीलाई पुजा गर्नको लागि मात्र त्यहाँ लगिएको बताएका छन् । १८ दिनसम्म युवतीलाई लगातार पुजा गर्न लगाइएको थियो । यसअघि पनि पक्राउ परेका ति भारतिय तान्त्रिकले मानव बलि दिने गरेको सुचना आएपनि पुष्टि भने भइसकेको छैन । घटनाको अनुसन्धान भइरहेकोले मानव बलि दिएको या नदिएको भन्न नसकिने सिआइबीका एसपी श्याम ज्ञवालीले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending