Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

प्रमुख दलहरु सरकारको खेलमा लागेर वार्ता ओझेल पर्यो–ठाकुर

\"thakur\"भक्तपुर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले मधेशमा भईरहेको आन्दोलन र नाकाबन्दी जारी रहने बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा नयाँ सरकार निर्माणको चलखेलमा राजनीतिक दलहरु केन्द्रित बनेकाले वार्ता केवल देखावटी बन्दै गएकाले आन्दोलन र नाकाबन्दी जारी रहने बताए ।

अध्यक्ष ठाकुरले अनौपचारिक भेटघाटमा तीन दलका नेताहरुले मधेशको माग पुरा गछौं भन्दै फेरी कोठे बैठकमा बसेर अर्कै चलखेल गर्ने गरेको र देखावटी वार्ता टोली गठन भइसकेको भन्दै हालसम्म स्पष्ट रोड म्याप बिनाको वार्ता टोली आए वार्ता नहुने बताए ।

नेपालमा अघोषित रुपमा भारतले गरेको नाकाबन्दी हल्ला भएको भन्दै उनले मधेशमा सरकारले गरेको दमन र हिंसाका कारण स्थानिय घर छाडेर सिमामा जानु पर्ने बाध्यता रहेकाले नाकाबन्दी गर्न आन्दोलनरत पक्ष बाध्य भएको बताए ।

अध्यक्ष ठाकुरले आम हड्ताल र नाकाबन्दीले उपत्यकालाई दबाब परेता पनि त्यसको प्रत्यक्ष मारमा तराई परेको भन्दैं ५२ दिन सम्म पनि सरकाले मधेशका नागरिकलाई आफ्नो नागरिक सम्झेर समस्या सम्बोधन तर्फ ध्यान दिन नसकेको र विभेदको नीतिले हेर्ने परम्परा बाँकि नै रहेको आरोप लगाए ।

अध्यक्ष ठाकुरले आन्दोलन रहर नभइ बाध्यता भएको भन्दै मधेशमा उठेका चार माग सिंमाकन, समावेशी समानुपातिक, निर्वाचन क्षेत्र र नागरिकताका विषयलाई सम्बोधन नगरिए आन्दोलनले अझैं उग्र रुप लिने बताउका हुन् ।

उनले मधेशमा कतै सुरक्षाको अवस्था नभएको र सरकारले दमनको नीति अप्नाएकै कारण दिन प्रतिदिन मधेश आक्रमक बन्दै गएको टिप्पणी गरे । शान्तिपूर्ण आन्दोलनमा प्रहरीका घुमुवा प्रहरी पठाएर आन्दोलनलाई हिंस्रक बनाएको आरोप लगाउँदै अध्यक्ष ठाकुरले भने मधेशमा ४५ जनाको मृत्यु भईसकेको र हजारौ संख्यामा घाईतेका साथै हजारौं घरपरिवार बिस्थापित बन्नु परेको छ ।

दक्षिण तर्फको नाकाबन्दी पश्चात सरकारले उत्तरतर्फको नाका खोल्न नसक्दा नेपालीले भोग्नु परेको पिडालाई समाधान गर्न उत्तरतर्फको नाका खोल्ने प्रसंगमा उहाँले भन्नु भयो सरकारमा रहेका दलहरुले यस तर्फ चासो दिने हो । हामीले चाहेर पनि केहि हुन नसक्ने भन्दै उनले छिमेकीहरुसँग राम्रो सम्बन्ध छ भन्ने सरकारले जन समस्याको जिम्मा लिएर समस्या समाधान गर्न अग्रसर बन्नु पर्नेमा जोड दिनु दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending