काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ सम्म सञ्चालन गर्ने गरी कम्तीमा १४३ वटा विशेष उडानको तालिका सार्वजनिक गरेको छ। युद्धका कारण कतारको हवाई क्षेत्र आधिकारिक रूपमा बन्द रहे पनि राष्ट्रिय ध्वजावाहक विमान सेवाले विशेष उडानमार्फत यात्रु व्यवस्थापन गर्ने निर्णय गरेको हो।
रिपोर्ट अनुसार यी उडानहरू दोहामा फसेका यात्रुहरूलाई आ–आफ्नो देश फर्काउन तथा विदेशमा रहेका कतारी नागरिक र बासिन्दाहरूलाई कतार ल्याउने उद्देश्यले सञ्चालन गरिँदैछन्।
अलजजिराका अनुसार कतार एयरवेजले शुक्रबार बिहानै मार्च १७ सम्म सञ्चालन हुने विशेष उडानहरूको तालिका सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको सूचीमा काठमाडौंबाट प्रस्थान गर्ने वा काठमाडौं आउने कुनै पनि उडान समावेश गरिएको छैन।
मार्च १३ मा दोहाबाट पर्थ, सियोल, ढाका, जेद्दाह, क्वालालम्पुर, बैंकक, कोची, मियामी, अल्जियर्स, इस्तानबुल, कायरो, एम्स्टर्डम, लन्डन, मिलान, पेरिस र मस्कटतर्फ उडान हुनेछ। त्यस्तै सोही दिन एम्स्टर्डम, लन्डन, मिलान, पेरिस, मुम्बई, दिल्ली, इस्लामावाद, कोलम्बो, न्युयोर्क, साओ पाउलो, बेइजिङ, मनिला, जकार्ता र कायरोबाट दोहामा उडान आउने तालिका रहेको छ।
मार्च १४ मा दोहाबाट रियाद, मनिला, जोहानेसबर्ग, मस्कट, ड्यालस, टोरन्टो, कोलम्बो, इस्तानबुल, कायरो, मुम्बई, इस्लामावाद, लन्डन, रोम, म्याड्रिड, फ्र्याङ्कफर्ट, ट्युनिस, मस्को, दिल्ली र बाली डेनपसारतर्फ उडान हुने छ। सोही दिन पर्थ, सियोल, ढाका, जेद्दाह, क्वालालम्पुर, बैंकक, कोची, अल्जियर्स, मियामी, इस्तानबुल, कायरो, जोहानेसबर्ग, लन्डन, म्याड्रिड, फ्र्याङ्कफर्ट, मस्को र ड्यालसबाट दोहामा उडान आउने तालिका छ।
मार्च १५ मा दोहाबाट इस्तानबुल, ढाका, क्वालालम्पुर, बैंकक, अल्जियर्स, मेलबर्न, न्युयोर्क, जेद्दाह, कायरो, म्याड्रिड, हङकङ, लन्डन, कासाब्लान्का, पेरिस र इस्लामावादतर्फ उडान हुने छ। सोही दिन मस्कट, ट्युनिस, मनिला, ड्यालस, टोरन्टो, कोलम्बो, कायरो, इस्लामावाद, मुम्बई, रोम, म्याड्रिड, लन्डन, कासाब्लान्का, पेरिस, दिल्ली, बाली डेनपसार र पर्थबाट दोहामा उडान आउने छन्।
मार्च १६ मा दोहाबाट पर्थ, मस्कट, सियोल, बैंकक, बेइजिङ, ढाका, कोची, जकार्ता, मुम्बई, कायरो, मियामी, एम्स्टर्डम, लन्डन, कोलम्बो, फ्र्याङ्कफर्ट र दिल्लीका लागि उडान हुनेछ। त्यस्तै सोही दिन इस्तानबुल, ढाका, क्वालालम्पुर, बैंकक, दिल्ली, अल्जियर्स, जेद्दाह, न्युयोर्क, हङकङ, फ्र्याङ्कफर्ट, एम्स्टर्डम, लन्डन, इस्लामावाद र कायरोबाट दोहामा उडान आउने तालिका रहेको छ।
मार्च १७ मा पर्थ, मस्कट, सियोल, बैंकक, बेइजिङ, ढाका, कोची, जकार्ता, मुम्बई, कायरो, मियामी, कोलम्बो, लन्डन, एम्स्टर्डम र फ्र्याङ्कफर्टबाट दोहामा उडान आउने तालिका सार्वजनिक गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १२:५८
रुकुम पश्चिम। जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ । वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको...
फाल्गुन २९ गते, २०८२ - १२:३९
तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफ्नो निर्व...
फाल्गुन २९ गते, २०८२ - १२:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा संवाद भएको ...
फाल्गुन २९ गते, २०८२ - १२:०७
बैतडी। बैतडीमा छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ। एक महिला भीरबाट लडेकी छन् भने अर्की महाकाली नदी किनारमा मृत अवस्थामा फेला परेकी छन्। ...
फाल्गुन २९ गते, २०८२ - ११:५७
काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको...
फाल्गुन २९ गते, २०८२ - ११:५१
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको...
फाल्गुन २९ गते, २०८२ - ११:३९
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन प्रचार–प्रसारमा गरेको खर्चको विवरण सार्वजनिक गर्न निर्देशन दिएको...
फाल्गुन २९ गते, २०८२ - ११:२८
काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ सम्म सञ्चालन गर्ने गरी कम्तीमा १४३ वटा विशेष उडानको तालिका सार्वजनिक गरेको छ। युद्धका कारण कतारको हवाई...
फाल्गुन २९ गते, २०८२ - ११:०८
जुम्ला। बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचार...
फाल्गुन २९ गते, २०८२ - १०:५९
म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्...


प्रतिकृया लेख्नुहोस्: