काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको दोस्रो दिन केपी शर्मा ओली ले अपेक्षित नतिजा नआएको स्वीकार गर्दै ‘हार’ मानेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्रमा जनताको फैसला अन्तिम हुने भन्दै प्राप्त जनमतलाई सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।
तर निर्वाचन परिणामले एमालेभित्र गम्भीर तरङ्ग उत्पन्न गरेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिटमा सीमित हुँदै एमाले २५ सांसदमा खुम्चिएको छ । अघिल्लो निर्वाचनमा ७८ सिटसहित दोस्रो ठूलो दल बनेको एमाले यसपटक तेस्रो स्थानमा झरेको छ ।
नेतृत्वमाथि प्रश्न
नतिजापछि नेताहरू शंकर पोखरेल, योगेश भट्टराई, विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायतले नीति र नेतृत्वबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।
उपमहासचिव योगेश भट्टराईले नेतृत्व पुनर्गठनको बहस सार्वजनिक गरेपछि ओली निकट नेताहरू आक्रोशित बनेका छन् । गण्डकी प्रदेशका मन्त्री कृष्ण पाठक ले भट्टराईको अभिव्यक्तिलाई ‘अराजक’ भन्दै अनुशासनको दायरामा ल्याउनुपर्ने टिप्पणी गरेका छन् ।
उता पूर्वमन्त्री विद्या भट्टराई ले आरोप–प्रत्यारोपभन्दा आत्ममन्थन आवश्यक रहेको बताएकी छन् । कम्युनिस्ट आन्दोलनको पुनर्जीवनका लागि दर्शन, सिद्धान्त र व्यवहारबीच सन्तुलन हुनुपर्ने उनको धारणा छ ।
ओलीको अडान
पछिल्ला दिनमा भेटघाटमा ओलीले नेतृत्व छाड्ने पक्षमा नरहेको संकेत दिएका नेताहरू बताउँछन् । “गल्ती–कमजोरी सच्याउन सकिन्छ, तर संकटको घडीमा नेतृत्व छाड्नु समाधान होइन,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।
एमालेको आगामी सचिवालय र केन्द्रीय कमिटी बैठकमा नेतृत्वको विषय औपचारिक रूपमा उठ्ने सम्भावना रहेको नेताहरू बताउँछन् । उपमहासचिव लेखराज भट्ट ले भने आन्तरिक विषय पार्टी बैठकमै छलफल हुने प्रतिक्रिया दिएका छन् ।
अब प्रश्न उठेको छ—चुनावी हारको नैतिक जिम्मेवारी बहसमा सीमित रहनेछ कि अध्यक्ष ओलीको भूमिकामै ठोस निर्णय आउनेछ ? यसको उत्तर एमालेको आगामी बैठकहरूले दिनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: