काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्।
वामपन्थी पृष्ठभूमिका व्यक्तिलाई आज पार्टीमा स्वागत गर्दै उनले देशभक्त वामपन्थी शक्ति एक भएको भए मुलुक अहिलेको अप्ठयारो परिस्थितिमा नपुग्ने दाबी गरे ।
जेनजी आन्दोलन र भदौ २४ गतेको घटनापछि कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने आवश्यकता बढेको जनाउँदै संयोजक दाहालले त्यसैको परिणामस्वरूप नेकपा गठन भएको स्पष्ट पारे।
जनताको आक्रोश र निराशालाई भड्काएर अराजकतातर्फ धकेल्ने तथा दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवादी प्रवृत्तिका विरुद्ध जुधेर राष्ट्र जोगाउन सक्ने क्षमता नेकपासँग मात्रै भएको उनको भनाइ थियो। अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै संयोजक दाहालले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता औँल्याए।
संयोजक दाहालले प्रधानमन्त्री हुँदा आफूले भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको बताए।
उनले महिला, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि आफ्नो पार्टीलाई मतदान गर्न अपिल गरे। भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको उनको भनाइ छ।
सन्तुलित र स्वाभिमानी विदेश नीति, रोजगारमुखी तथा उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि र उद्योगबिच समन्वय गरी स्वदेशमै रोजगारी सिर्जना गर्न नेकपा प्रतिबद्ध रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १८ गते, २०८२ - १७:००
काठमाडौं । रामेछाप जिल्लामा मतपेटिका तथा अन्य निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय, ...
फाल्गुन १८ गते, २०८२ - १६:५३
भक्तपुर। भक्तपुरमा परम्परागत बाजा गाजासहित होली मनाइएको छ । भक्तपुर दरबार क्षेत्रमा फागु पूर्णिमाको दिनमा स्थानीय होली मनाएर रमाएका हुन् । स्थानीय ...
फाल्गुन १८ गते, २०८२ - १६:४४
महोत्तरी । महोत्तरी जिल्ला क्षेत्र नं. १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। कुलम...
फाल्गुन १८ गते, २०८२ - १६:३९
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्यालीमार...
फाल्गुन १८ गते, २०८२ - १६:०४
बेरुत। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको ...
फाल्गुन १८ गते, २०८२ - १५:५३
नैरोबी। डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) पछिल्लो समयमा दक्षिण सुडानमा हिंसा बढेपछि आफ्ना २६ जना कर्मचारी बेपत्ता भएको सोमबार बताएको छ । “लन्किएन र पिये...
फाल्गुन १८ गते, २०८२ - १५:४५
काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचन अन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्...
फाल्गुन १८ गते, २०८२ - १५:३१
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएको छन्। वामपन्थी पृष्ठभूमिका व्यक्...
फाल्गुन १८ गते, २०८२ - १५:१८
तेहरान। इरान, इजराइल र संयुक्त राज्य अमेरिकाबीच जारी युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्व क्षेत्रमा तनाव थप बढेको छ। यसैबीच इरानले साउदी अरेबि...
फाल्गुन १८ गते, २०८२ - १५:०४
नेपालगन्ज। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि बाँकेका मतदान केन्द्रहरुमा खटिएका कर्मचारीहरुले सोमवार निर्वाचन सामग्री बुझेका छन् । ...



प्रतिकृया लेख्नुहोस्: