Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

मौन अवधि सुरु हुनुअघि बाँकेका उम्मेदवारको दौडधुप

खबरडबली संवाददाता

नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसार गर्ने अन्तिम दिन सोमबार बाँकेका अधिकांश दल र उम्मेदवारले र्‍यालीमार्फत शक्ति प्रदर्शन गरेका छन् ।

सोमबार राति १२ बजेपछि मौन अवधि सुरु हुने भएकाले नेपाली काङ्ग्रेस, नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले बृहत् मोटरसाइकल र्‍याली निकालेका हुन्।

बाँके क्षेत्र नं। २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार सुधांशु कोइरालाको समर्थनमा र्‍याली निकालिएको काङ्ग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल अधिकारीले बताए। रामलीला मैदानबाट सुरु भएको र्‍यालीले नगर परिक्रमा गरेको थियो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सोही क्षेत्रमा बृहत् र्‍याली निकालेको निर्वाचन प्रचार समितिका संयोजक बुद्धिसागर सुवेदीले जानकारी दिए।

यसैगरी, राप्रपाका उम्मेदवार ऋषिराज देवकोटाको समर्थनमा पनि सोमबार मोटरसाइकल र्‍याली निकालिएको नेता नन्दलाल वैश्यले बताए। नेकपाले क्षेत्र नं। १ र ३ मा आफ्ना उम्मेदवार नरेन्द्र पाण्डे र दीपक जीएमको पक्षमा प्रदर्शन गरेको नेता पूर्णाकुमारी सुवेदीले जानकारी दिए। क्षेत्र नं.१ मा नेकपा ९एमाले० ले पनि सोमबार ठुलो र्‍याली निकालेको छ ।

यसअघि आइतबार बाँके क्षेत्र नं। २ मा नेकपाका दीपेन्द्र विष्ट र एमालेका उम्मेदवार पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको समर्थनमा बृहत् र्‍याली प्रदर्शन गरिएको थियो । क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारको पक्षमा पनि र्‍याली निकालिएको थियो ।

प्रचारप्रसारको समय सकिनै लाग्दा प्रमुख दलका उम्मेदवारहरूले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा मुख्य दलका उम्मेदवारहरूबीच नै कडा प्रतिस्पर्धा देखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

सरकारलाई ३३ बुँदे सुझाव : हप्ताको तीन दिन किताब, चार दिन श्रम र सिर्जना

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएको छन् । मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत उनले परराष्ट्र नीति, ...

जबरजस्ती करणीका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

सल्यान। जबरजस्ती कसुरमा १४ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले छत्रेश्वरी गाउँपालिकाबाट ए...

प्रधानमन्त्रीसँग अर्थमन्त्री र योजना अयोगका पदाधिकारीको छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्दै छन्।  प्रधानमन्त्रीको नि...

लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र रास्वपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। गृहमन्त्री गुरुङ लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेक...

स्मार्ट लाइसेन्स छपाइ सुरु, आफूले ट्रायल पास गरेकै कार्यालयबाटै लिन सकिने

काठमाडौं । यातायात व्यवस्था विभाग ले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित याताया...

गृहमन्त्रीलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार सिंहदरबार मा सञ्च...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सू...

बजारमा केरा हाहाकार, अवैध आयात रोकिएपछि मूल्य वृद्धि

काठमाडौँ। नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैधरूपमा भित्रिने केरालाई व्यवसायीले नै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार मच्च...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending