Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

हेलिकोप्टरबाट हुम्लाकोलिमी र चाला पुगे निर्वाचन कर्मचारी

खबरडबली संवाददाता

हुम्ला। फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र निर्वाचन सामग्री नाम्खा गाउँपालिकाको लिमी र चाला पुगेका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण कर्मचारी र सामग्री हेलिकोप्टरबाट ढुवानी गरिएको हो भने मतदाता भने पैदल नै मतदान केन्द्रसम्म पुग्ने भएका छन्।

हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका–६ स्थित लिमीमा कर्मचारी, सुरक्षाकर्मी, मतपत्र तथा अन्य निर्वाचन सामग्री हेलिकोप्टरबाट पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए।

जिल्ला सुरक्षा समिति र भौगोलिक व्यवस्थापन समितिको निर्णयअनुसार लिमीका तीनवटा मतदान केन्द्र तथा चालाको मतदान केन्द्रमा खटिएका कर्मचारीलाई हेलिकोप्टरबाट ओसार्ने व्यवस्था गरिएको हो।

लिमीका तीन मतदान केन्द्र—हिमशिखर प्रावि तिल, सुनखानी प्रावि हल्जी र भृकुटी प्रावि जाङ—मा तीन सयभन्दा कम मतदाता रहेका छन्। ती मतदान केन्द्रमा मतदान अधिकृतसहित १५ जना कर्मचारी तथा ५१ जना नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिएका छन्।

लिमीका मतदान केन्द्रका लागि कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टरले तीन उडान गरेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।

त्यस्तै, नाम्खा गाउँपालिका–४ स्थित हिमालय आवि चाला मतदान केन्द्रमा खटिएका कर्मचारीलाई पनि नेपाली सेनाको सानो हेलिकोप्टरमार्फत पाँच उडान गरी पुर्‍याइएको उहाँले जानकारी दिए। सो मतदान केन्द्रमा पाँच जना कर्मचारी, तीन जना नेपाल प्रहरी र १० जना निर्वाचन प्रहरी खटिएका छन्।

दुर्गम भूगोलका कारण कर्मचारी र सामग्री हेलिकोप्टरबाट पठाइए पनि मतदाता भने पैदल नै मतदान केन्द्रसम्म पुग्ने भएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending