Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

युट्युब र फेसबुकको भ्रममा नपरौं, घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरौं: गगन थापा

खबरडबली संवाददाता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र केन्द्रित नहुन निर्देशन दिएका छन्। निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै उनले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेका हुन्।

रूपन्देहीको बुटवलामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने, “केही दिनमात्र बाँकी छ। नअलमलिनुस्। घर–घर जानुस्। सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस्, तर त्यसमै मात्र अड्केर नबस्नुस्।”

कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको उल्लेख गर्दै उनले कार्यकर्तालाई सक्रिय रूपमा जनसम्पर्कमा खटिन आह्वान गरे। “हाम्रो सबैभन्दा ठूलो ताकत संगठन हो। तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस्। हात चलाउनुस्, गएर ढोग्नुस्। मुख चलाउनुस्, संवाद गर्नुस्। नौजवानहरूको कुरा सुन्नुस्,” उनले भने।

नवयुवासँग संवाद गर्दा सुरुमा आलोचना आउन सक्ने भन्दै उनले संयमता अपनाउन सुझाव दिए। “उनीहरूले पहिला दुई लाइन गाली गर्न सक्छन्। तर राम्रोसँग संवाद गर्नुस्,” उनले भने, “उनीहरूलाई भन्नुस्– कांग्रेस अधिवेशनबाट नयाँ संकल्पसहित आएको छ।”

थापाले कांग्रेस विशेष महाधिवेशनबाट विगतका राम्रा अभ्यासलाई निरन्तरता दिने र कमजोरीलाई सच्याउने प्रतिबद्धतासहित अघि बढेको बताए। “हिजोका राम्रा कुराहरूलाई बोक्छौं, खराब कुरालाई छोड्छौं भन्ने संकल्प गरेका छौं। कांग्रेसले एक मौका पाउनुपर्छ,” उनले भने, “पाँच वर्षभित्र परिणाम दिने प्रतिज्ञासहित आएका छौं।”

उत्तेजनाको राजनीतिबाट टाढा रहन आग्रह गर्दै उनले सामाजिक सञ्जालमार्फत फैलिने भ्रमबाट सचेत रहन पनि सुझाए। “टेलिफोनले धेरैलाई झुक्याएको छ। युट्युब र फेसबुकले भ्रम सिर्जना गर्न सक्छ। धेरै भ्रममा नपरौं,” उनले भने।

विश्वभर रहेका नेपालीहरूसँग समेत सहयोगको अपेक्षा व्यक्त गर्दै उनले सामूहिक प्रयासबाट बलियो शक्ति निर्माण गर्नुपर्ने धारणा राखे। साथै, कांग्रेस तलबाटै संघर्ष गर्दै यहाँसम्म आइपुगेको उल्लेख गर्दै देशमा केही गर्ने अठोटसहित अघि बढेको दाबी गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनले पर्यटनको माध्यमबाट देशलाई सिकाउनुपर्छ: बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता  बालेन्द्र शाह (बालेन) ले चितवनले नेपालमा पर्यटन प्रवर्धनमा उदाहरण प्रस्तुत गर्नुपर्ने ...

अब सदनमा २१ होइन, १५१ जनाको सहभागिता हुनेछ : हरि ढकाल

काठमाडौं। चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का उम्मेदवार हरि ढकालले अबको प्रतिनिधिसभामा आफ्नो पार्टीबाट १५१ जनाको सहभागिता...

यो सामान्य निर्वाचन होइन, तीनवटा प्रवृत्तिबीचमा जनमत संग्रह हुँदैछ: प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक, फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको...

सुशासन र विकासका लागि कांग्रेसलाई बहुमत दिनुस् : सभापति थापा

बुटवल। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन र विकासका लागि नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गरेको छन्। उनले नेपाली कांग्रेस बदलिएर ...

महाकाली सन्धिबारे स्पष्ट छु, मेरो हस्ताक्षर छैन: देवराज घिमिरे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट झापा–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व सभामुख देवराज घिमिरे ले महाकाली सन्धिबारे आफू...

निर्वाचनका लागि ११ दलका एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता

काठमाडौँ। यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ६७० जना उम्मेदवारले...

जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई पदमुक्त गर्न सर्वाेच्चको अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालत ले ‘जेनजी’ आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार गरेको छ। अद...

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

फुङलिङ। ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन केन्द्रहरूमा मतदान अधिकृत निर्वाचन सामग्रीसहित प्रस्थान गरेका छन् । जिल्लाको हिमाली बस्ती याङ्गा, ओलाङ...

युट्युब र फेसबुकको भ्रममा नपरौं, घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरौं: गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र केन्द्रित नहुन निर्देशन दिएका छन्। निर्वाचन न...

चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य हुँदैन : अध्यक्ष ओली

दमक। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक संकट अन्त्यका लागि निर्वाचनमा जानुपरेको बताएको छन् । शुक्रबार झापाको दमकमा अनेरास्वविय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE