काठमाडाैँ। जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीहरूसँग आग्रह गरेको छ ।
जापानको उप प्रमुख क्याबिनेट सचिव मसानाओ ओजाकीले बुधबार विदेशी मिडियासँगको कुराकानीमा ती नागरिकलाई जनवरी २० मा हिरासतमा लिइएको मात्र पुष्टि गरे । उनले गोपनीयता र सुरक्षा कारण देखाउँदै थप विवरण दिन अस्वीकार गर्नुभयो । ओजाकीले भने, “सरकारले आवश्यक सहयोग प्रदान गर्दै बन्दी र उनको परिवारसँग सम्पर्कमा रहेको छ ।”
विदेश मन्त्रालयका अधिकारीहरूका अनुसार जापानी अधिकारीहरूले बन्दीसँग व्यक्तिगत रूपमा भेट्न अनुमति पाएका छैनन् तर स्वास्थ्य राम्रो रहेको विश्वास गरिएको छ ।
मन्त्रालयले पनि बन्दीको पक्राउ कहिले र कुन अभियोगमा गरिएको भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । इरानमा करिब २०० जना जापानी नागरिक बसोबास गर्दै आएको छन् । तिनमा १५० जना राजधानी तेहरानमा छन् ।
जापान सरकारले यसको सुरक्षा र संरक्षण सुनिश्चित गर्न निरन्तर पहल गर्दै आएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - ०९:३२
बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी घटनाको रहस्य खुलेको छ। करिब ८० तोला सुन तथा चाँदी चोरी भएको ...
जेष्ठ २८ गते, २०८३ - ०९:२७
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै अन्य चर्चित र विवादित घटनाको समेत निष्पक्ष छानबिन गर्न माग गरेका छन्।...
जेष्ठ २८ गते, २०८३ - ०९:२६
काठमाडौं । नेपालमा सडक दुर्घटना अब केवल ट्राफिक व्यवस्थापनको विषयमा सीमित छैन, यो सार्वजनिक सुरक्षा, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्...
जेष्ठ २८ गते, २०८३ - ०९:२१
विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिका–७ बाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सु...
जेष्ठ २८ गते, २०८३ - ०९:१८
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सिन्धुलीको कमलाम...
जेष्ठ २८ गते, २०८३ - ०९:१६
नयाँ दिल्ली । क्यान्सर उपचारमा व्यापक रूपमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधिको देशव्यापी अभाव चुलिएपछि भारत सरकारले ती औषधिको मूल्य वृद्धि गर्न ...
जेष्ठ २८ गते, २०८३ - ०९:१३
कावासोती । कालिगण्डकी करिडोर सडकखण्ड अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–४ रानीतालमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । ढोडेनीबाट ग...
जेष्ठ २८ गते, २०८३ - ०९:१२
कालीकोट । पहिराेका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर बिहीबार बिहानदेखि एकतर्फी खुलेको छ। मंगलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो। ...
जेष्ठ २७ गते, २०८३ - २२:०१
हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवान...
जेष्ठ २७ गते, २०८३ - २२:००
काठमाडौं । धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै रासायनिक मल अभावको चिन्ता बढिरहेका बेला भारतबाट ५० हजार मेट्रिक टन मल नेपाल आउने निश्चित भएको छ। सरकार–...



प्रतिकृया लेख्नुहोस्: