काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ ।
निर्वाचनको समयमा हुन सक्ने सम्भावित मागलाई सम्बोधन गर्न ग्यास आयातको परिमाण उल्लेख्य रूपमा बढाइएको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार इन्डियन आयल कर्पोरेसनबाट यस वर्षकै सबैभन्दा बढी ग्यास लोड भई नेपालतर्फ प्रस्थान भएको छ । मंगलबार मात्रै विभिन्न ग्यास डिपोहरूबाट कुल १३८ बुलेट ग्यास लोड गरिएको निगमले जनाएको छ । यो परिमाण करिब एक लाख ७३ हजार ८ सय सिलिण्डर बराबर हो ।
निगमका अनुसार बरौनी डिपोबाट ३६ बुलेट, मथुराबाट ३६, पारादीपबाट ४०, दुर्गापुरबाट २४ र हल्दियाबाट २ बुलेट गरी कुल १३८ बुलेट ग्यास नेपालका लागि लोड गरिएको हो ।
कार्यकारी निर्देशक भट्टले निर्वाचन अवधिमा ग्यासको अभाव हुन नदिन निगम सचेत रहेको र आपूर्ति व्यवस्थालाई नियमित तथा प्रभावकारी बनाइएको बताए ।
“हामीले निर्वाचनलाई ध्यानमा राखेर उच्च परिमाणमा ग्यास आयात गरिरहेका छौं । निर्वाचनको समयमा पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउनेछन्,” उनले भने, “आपूर्तिका सम्बन्धमा ढुक्क हुन सबै उपभोक्तालाई आग्रह गर्दछु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - १३:११
फुङलिङ। प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका छन् ।...
फाल्गुन १३ गते, २०८२ - १२:५२
दाङ। नेकपा (एमाले) का महासचिव एवं दाङ २ का उम्मेदवार शङ्कर पोखरेलले स्वर्गद्वारी गुठी समस्याको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छन् । दाङ...
फाल्गुन १३ गते, २०८२ - १२:३३
जाजरकोट। जाजरकोटको सदरमुकाम एक पसलमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ । भेरी नगरपालिका–४, शान्तिचौतारा बसपार्कस्थित कर्णबहादुर वलीको पसलम...
फाल्गुन १३ गते, २०८२ - १२:२४
बैतडी। प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, व्यवस्थित र भयरहित रूपमा सम्पन्न गर्ने उद्देश्यले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट सीमानालाई तीन दिनका ...
फाल्गुन १३ गते, २०८२ - १२:१५
काठमाडौं। पर्वतारोहण क्षेत्रमा देखिएको तथाकथित ‘फेक रेस्क्यू’ प्रकरणमा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुस...
फाल्गुन १३ गते, २०८२ - १२:०२
काठमाडौं । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देशभर खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ । निर्वाचनक...
फाल्गुन १३ गते, २०८२ - ११:४८
नेपालगन्ज। लामो समयदेखि दुबै मिर्गौलामा समस्या भएपछि सिकिस्त बिरामी हुनुभएका वरिष्ठ लोक गायक एवम् कलाकार कमल विके निर्मोहीको मङ्गलबार साँझ निधन भएको छ...
फाल्गुन १३ गते, २०८२ - ११:३२
गुल्मी। गुल्मीमा मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरण र सेवन...
फाल्गुन १३ गते, २०८२ - ११:०४
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्र...
फाल्गुन १३ गते, २०८२ - १०:४२
काठमाडौँ। धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे–नागढुङ्गा सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ। हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। ...



प्रतिकृया लेख्नुहोस्: