फुङलिङ। प्रतिनिधि सभा सदस्य निर्वाचनको चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका छन् । आचारसंहिता अनुगमन अधिकृत तथा कोष नियन्त्रक यमनाथ गिरीका अनुसार कतिपय उम्मेदवारले आफ्नै नाममा र कतिपयले आफ्ना आधिकारिक प्रतिनिधिका नाममा चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका हुन् ।
ताप्लेजुङमा १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको छन् । ताप्लेजुङमा नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा ९एमाले० बाट क्षितिज थेबे, नपाली कम्युनिस्ट पार्टीबाट खेलप्रसाद बुढाक्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वीरेन्द्र श्रेष्ठ उम्मेदवार छन्।
यसैगरी मंगोल नेशनल अर्गनाइजेसनबाट सन्तबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मुक्साम लाबुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्द्रप्रसाद थापा, जनता समाजवादी पार्टी (जसपा) बाट अरुण लेछर्बो लिम्बू, नेपाल जनमुक्ति पार्टीबाट इन्द्र थलङ लिम्बू, श्रम संस्कृति पार्टीका सन्तोष राई, उज्यालो नेपाल पार्टीबाट कीर्तिमान मादेन, जनता समाजवादी पार्टीबाट नेपालका सूर्य तमु र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट नरपति पौडेल उम्मेदवार रहेको छन् ।
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि ताप्लेजुङका उम्मेदवारले खर्च गर्न पाउने अधिकतम् रकम ३३ लाख रुपियाँ रहेको छ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आर्थिक कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन यस पटक चुनावी खर्च प्रयोजनका लागि उम्मेदवार वा आधिकारिक प्रतिनिधिको बैंक खाता अनिवार्य गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - १४:४५
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन्। मंगलबार सर्वोच्च अदालतका न्यायाध...
फाल्गुन १३ गते, २०८२ - १४:३८
वासिङ्टन। संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । क्रिश्चियन काउन्टी शेर...
फाल्गुन १३ गते, २०८२ - १४:३५
दमक। निवर्तमान सभामुख देवराज घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवारहरूले आफ्ना कार्यक्रम र एजेन्डा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै घृणा, व्यक्तिगत ...
फाल्गुन १३ गते, २०८२ - १४:२८
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन हुन ७ दिनअघिदेखि मदिरा बिक्रीमा रोक लगाउनेबारे उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमा छलफल भएको छ। बैठकमा सहभाग...
फाल्गुन १३ गते, २०८२ - १४:२२
काठमाडौं । सरकारले आसन्न निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्र...
फाल्गुन १३ गते, २०८२ - १४:१६
काठमाडौं । सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २०८३ साल वैशाख १ गतेदेखि ...
फाल्गुन १३ गते, २०८२ - १४:०६
नवलपरासी। जिल्ला प्रशासन कार्यालय, नवलपरासी (ब.स'प.) ले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न बर्दघाट नगरपालिकालाई कडा निर्देशन दिएको छ। ज...
फाल्गुन १३ गते, २०८२ - १३:४३
काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ । काठमाडौँ र भक्तपुरबाहेक...
फाल्गुन १३ गते, २०८२ - १३:३६
गौशाला। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशका समग्र समस्याको गहिरो विश्लेषण गर्दै कांग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको दाबी गरेक...
फाल्गुन १३ गते, २०८२ - १३:२७
वासिङ्टन। राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार १०८ मिनेट लामो स्टेट अफ द युनियन सम्बोधनमार्फत अमेरिकाले विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हाँसिल गरिरह...



प्रतिकृया लेख्नुहोस्: