काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै चुनाव रोक्ने वा त्यसबारे भ्रम फैलाउने प्रयास अस्वीकार्य हुने बताएका छन् ।
पार्टीको दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताबाट अस्वीकृत भइसकेका व्यक्तिहरूले चुनाव हुन नदिन चलखेल गरिरहेको आरोप लगाए ।
पूर्वराजा शाहले देशको समस्या समाधान नगरी गरिएको चुनावबाट निकास नआउने अभिव्यक्ति दिएका थिए । त्यसप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘हिजो जनताबाट फ्याँकिएका केही मानिसहरूले चुनाव हुँदैन, हुनुहुँदैन भन्ने कुरा गरेका छन् । म पार्टीको तर्फबाट भन्छु—यस्ता भ्रमपूर्ण कुराको पछि नलाग्न र दृढतापूर्वक चुनावमा लाग्न अपिल गर्छु ।’
उनले प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरूले राजनीतिक अस्थिरता सिर्जना गर्न खोजे पनि त्यसको कुनै अर्थ नहुने जिकिर गरे । देशको निकासका लागि चुनावको विकल्प नभएको आफूहरूले सुरुदेखि नै स्पष्ट गर्दै आएको उनको भनाइ थियो ।
प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति अनुकूल रहे आफ्नो पार्टी पहिलो शक्ति बन्ने आधार तयार भइरहेको दाबी पनि गरे । ‘नयाँ भनेर आएको हावाहुरीलाई जनताले बुझिसकेका छन्,’ उनले भने, ‘अब स्थायित्व र समृद्धिको पक्षमा जनमत स्पष्ट हुँदैछ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ९ गते, २०८२ - १६:४१
काठमाडौं । रौतहटमा दुई समुदायबीचको तनाव चुलिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। शनिबार दिउँसो १ बजेदेखि लागू हुने गरी प्रमुख ज...
फाल्गुन ९ गते, २०८२ - १६:३९
रामेछाप। रामेछापमा बोलेरो गाडीको ठक्करबाट अन्दाजी ५ वर्षीया बालिकाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार बागमती प्रदेश ०३१ च ...
फाल्गुन ९ गते, २०८२ - १६:३९
चितवन । रामपुर कृषि क्याम्पस गेट नजिकै कालो प्लास्टिकले बाँधेर राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पूरीक...
फाल्गुन ९ गते, २०८२ - १६:३८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै चुनाव ...
फाल्गुन ९ गते, २०८२ - १५:०६
काठमाडौं । गौरमा कर्फ्यू जारी रहेकै अवस्थामा पनि आगजनीका घटना रोकिएका छैनन्। जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरी नेपाली सेना परिचालन गरे प...
फाल्गुन ९ गते, २०८२ - ११:२१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
फाल्गुन ९ गते, २०८२ - १०:३५
डडेलधुरा । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला डडेलधुरामा शनिबार बिहान फरक दृश्य देखियो। आलोचना र आरोप–प्रत्यारोपबीच चुनावी माहोल ...
फाल्गुन ९ गते, २०८२ - १०:३०
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने आम निर्व...
फाल्गुन ९ गते, २०८२ - १०:२५
दाङ । निर्वाचन नजिकिँदै गर्दा दाङको तुलसीपुरमा भएको झण्डा दहन घटनाले राजनीतिक माहोल थप तातिएको छ। बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...
फाल्गुन ९ गते, २०८२ - १०:१६
बैतडी । बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४, बबेतका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जना...



प्रतिकृया लेख्नुहोस्: