डडेलधुरा । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला डडेलधुरामा शनिबार बिहान फरक दृश्य देखियो। आलोचना र आरोप–प्रत्यारोपबीच चुनावी माहोल तातेका बेला दुई प्रतिस्पर्धी उम्मेदवार भने चिया–खाजामा एउटै टेबलमा बसेका थिए।
अमरगढी नगरपालिका–स्थित तुफानडाँडाको एक होटलमा नेपाली कांग्रेसका उम्मेदवार नैन सिंह महर र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मान सिंह माल सँगै देखिएका हुन्। दुवै जना आ–आफ्नो प्रचार कार्यक्रममा निस्किनुअघि चिया–खाजाका लागि होटल पुगेका थिए।
महर आफ्ना केही कार्यकर्तासँग कार्यक्रमबारे छलफल गरिरहेका बेला माल होटलभित्र प्रवेश गरेका थिए। त्यसपछि महरले कार्यकर्तालाई अर्को टेबलमा बस्न आग्रह गर्दै माललाई आफूसँगै राखे। केहीबेर उनीहरूबीच सौहार्द्रपूर्ण वातावरणमा चुनावी कार्यक्रम र एजेन्डाबारे संक्षिप्त कुराकानी भयो।
‘हामीबीच राम्रो सम्बन्ध छ, मैत्रीपूर्ण प्रतिस्पर्धा मात्रै हो,’ नेकपाका उम्मेदवार मालले भने, ‘जनतासामु आफ्ना एजेन्डा राख्ने हो, अन्तिम निर्णय मतदाताकै हुन्छ।’
कांग्रेसका उम्मेदवार महरले पनि चुनाव प्रतिस्पर्धा विचार र कार्यक्रमको आधारमा हुने बताए। ‘एकअर्कालाई गाली गर्नुपर्ने कारण छैन,’ उनले भने, ‘हामी आफ्ना योजना लिएर जनतामाझ जान्छौं, मूल्यांकन जनताले नै गर्नुहुन्छ।’
चुनावी तातो माहोलबीच देखिएको यो दृश्यले डडेलधुरामा स्वस्थ प्रतिस्पर्धाको सन्देश दिएको स्थानीयले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ९ गते, २०८२ - ११:२१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
फाल्गुन ९ गते, २०८२ - १०:३५
डडेलधुरा । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला डडेलधुरामा शनिबार बिहान फरक दृश्य देखियो। आलोचना र आरोप–प्रत्यारोपबीच चुनावी माहोल ...
फाल्गुन ९ गते, २०८२ - १०:३०
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने आम निर्व...
फाल्गुन ९ गते, २०८२ - १०:२५
दाङ । निर्वाचन नजिकिँदै गर्दा दाङको तुलसीपुरमा भएको झण्डा दहन घटनाले राजनीतिक माहोल थप तातिएको छ। बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...
फाल्गुन ९ गते, २०८२ - १०:१६
बैतडी । बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४, बबेतका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जना...
फाल्गुन ९ गते, २०८२ - ०८:२८
राजविराज । सप्तरीको खडक नगरपालिका बाट अपहृत ७ बर्षीय बालिकालाई प्रहरीले दुई दिनपछि सकुशल उद्दार गरेको छ । उक्त पालिकाको वडा नम्बर ८ विसनपुर टोलका इमरा...
फाल्गुन ९ गते, २०८२ - ०८:२७
सुदूरपश्चिम । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका त...
फाल्गुन ९ गते, २०८२ - ०८:२६
भोजपुर । पूर्वी नेपालको पहाडी काखमा फैलिएको मुन्दुम पदमार्ग अहिले साहसिक र प्राकृतिक पर्यटनको उदीयमान गन्तव्य बन्दै गएको छ। जहाँ एकै यात्रामा अग्ला डा...
फाल्गुन ९ गते, २०८२ - ०७:४६
काठमाडौं । चुनावी मौसममा घरदैलो सामान्य दृश्य हो। तर काठमाडौं–५ मा शुक्रबार बिहान देखिएको दृश्य अलि फरक थियो। यहाँ मत माग्ने भाषाभन्दा बढी “विश्वास” र...
फाल्गुन ९ गते, २०८२ - ०७:३४
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू...



प्रतिकृया लेख्नुहोस्: