Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

टिकट विवादपछि रास्वपा बर्दघाटका नेता हरिजनको राजीनामा

खबरडबली संवाददाता

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा पार्टीले बिक्रम खनाललाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनी असन्तुष्ट बनेका हुन्।

खनाल हालै मात्र नेपाली कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए। चुनावको मुखमा पार्टी प्रवेश गरेका व्यक्तिलाई टिकट दिइनुले स्थानीय कार्यकर्ताको योगदानको अवमूल्यन भएको भन्दै हरिजनले असन्तुष्टि जनाएका छन्।

राजीनामापत्रमा विभिन्न कारण उल्लेख गरिए पनि उनले अनलाइनखबरसँगको कुराकानीमा पार्टी नेतृत्वको भनाइ र व्यवहारबीच असंगति देखिएको महसुस भएपछि पार्टी छाड्ने निर्णय गरेको बताए। उनका निकट नेताहरूका अनुसार नवलपरासीमा संगठन निर्माणका लागि लामो समयदेखि सक्रिय कार्यकर्ताहरूलाई बेवास्ता गरिएको भन्दै असन्तोष बढेको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट रास्वपाका तर्फबाट महेन्द्र सेन ठकुरीले प्रतिस्पर्धा गरेका थिए। कठिन अवस्थामा पार्टी विस्तारका लागि ठकुरीले खेलेको भूमिकाका आधारमा यसपटक पनि उनलाई नै टिकट दिनुपर्ने धारणा स्थानीय तहमा रहेको बताइन्छ। तर खनाललाई उम्मेदवार बनाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको स्रोतको दाबी छ।

हरिजन बर्दघाट–१३ का सभापति समेत हुन्। उनको राजीनामाले नवलपरासी क्षेत्र नम्बर १ मा रास्वपाको आन्तरिक समीकरणमा थप असर पर्ने आकलन गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज शनिबाार तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

आरोप–प्रत्यारोपको बीच चिया–खाजामा सहकार्यको सन्देश

डडेलधुरा । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र भइरहेका बेला डडेलधुरामा शनिबार बिहान फरक दृश्य देखियो। आलोचना र आरोप–प्रत्यारोपबीच चुनावी माहोल ...

टिकट विवादपछि रास्वपा बर्दघाटका नेता हरिजनको राजीनामा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने आम निर्व...

तुलसीपुर घटनाले चुनावी माहोल तातियो, रास्वपा र एमाले आमनेसामने

दाङ । निर्वाचन नजिकिँदै गर्दा दाङको तुलसीपुरमा भएको झण्डा दहन घटनाले राजनीतिक माहोल थप तातिएको छ। बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४, बबेतका ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जना...

अपहरणमा परेकी ७ बर्षीया बालिकाको उद्दार

राजविराज । सप्तरीको खडक नगरपालिका बाट अपहृत ७ बर्षीय बालिकालाई प्रहरीले दुई दिनपछि सकुशल उद्दार गरेको छ । उक्त पालिकाको वडा नम्बर ८ विसनपुर टोलका इमरा...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर घाइते भएका त...

एकै यात्रामा हिमालदेखि तराईसम्म : मुन्दुम पदमार्ग को लोभलाग्दो संसार

भोजपुर । पूर्वी नेपालको पहाडी काखमा फैलिएको मुन्दुम पदमार्ग अहिले साहसिक र प्राकृतिक पर्यटनको उदीयमान गन्तव्य बन्दै गएको छ। जहाँ एकै यात्रामा अग्ला डा...

काठमाडौं–५: ‘भोट होइन, मौका’को राजनीतिमा प्रदीप पौडेल

काठमाडौं । चुनावी मौसममा घरदैलो सामान्य दृश्य हो। तर काठमाडौं–५ मा शुक्रबार बिहान देखिएको दृश्य अलि फरक थियो। यहाँ मत माग्ने भाषाभन्दा बढी “विश्वास” र...

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE