Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

रास्वपाको घोषणा : सरकार बनेको सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्न पाए १०० दिनभित्र साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको पार्टीको बाचापत्रमा आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको सय दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा रकम फिर्ता गरिने उल्लेख छ।

रास्वपाले बचतकर्ताहरूको रकम सुरक्षित गर्न राज्यका तर्फबाट ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने घोषणा पनि गरेको छ। उक्त कोषमार्फत संकटग्रस्त सहकारी संस्थाका बचतकर्तालाई प्राथमिकताका आधारमा, साना बचतकर्तादेखि सुरु गरी भुक्तानी गर्ने व्यवस्था मिलाइने पार्टीको भनाइ छ।

बाचापत्रमा भनिएको छ, “आमनागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको १०० दिनभित्र साना बचतकर्ताहरूको बचत खातामा फिर्ता गर्नेछौं। बचतकर्ताहरूको कमाइ सुरक्षित गर्न राज्यको तर्फबाट एक ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्नेछौं, जसले संकटग्रस्त संस्थाहरूका बचतकर्तालाई प्राथमिकताका आधारमा साना बचतकर्तादेखि सुरु गरी भुक्तानीको व्यवस्था गर्नेछ।”

रास्वपाले आफ्नो उद्देश्य सहकारीका सञ्चालकहरूलाई जेल हाल्नु मात्र नभई बचतकर्ताको रकम फिर्ता गराउनु भएको स्पष्ट पारेको छ। “हाम्रो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नुमात्र होइन, बरू बचतकर्ताको पैसा फिर्ता गराउनु हो,” बाचापत्रमा उल्लेख छ।

त्यस्तै, नीतिअनुसार सहकारी वित्तीय संस्थाका सञ्चालकहरू बचतकर्ताको रकम फिर्ता गर्न तयार भए कानुनी रूपमा मिलापत्रको बाटो खुला गरिने पनि जनाइएको छ। यस्तो अवस्थामा बचत फिर्ताको पूर्ण ग्यारेन्टी र निश्चित समयसीमा तोकेर उनीहरूलाई थुनाबाहिरै रहेर सम्पत्ति परिचालन तथा ऋण असुली गर्ने अवसर दिने व्यवस्था गरिने रास्वपाले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नार्कमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइयो

काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...

नेपालगन्ज भन्सारको राजस्व संकलन १० प्रतिशतले वृद्धि

नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...

पोखरामा कुलत बढ्दै, हिप्पीले सिकाएको बानी चुनौतीपूर्ण

कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...

यसैवर्ष स्वदेश फर्कन्छु : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना

नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending