काठमाडौं । धारिलो हतियार देखाएर मोटरसाइकल लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भइ काठमाडौं, नागार्जुन नगरपालिका ३ ठुलोभर्याङ बस्ने १९ वर्षीय अनिस सोनाम र रसुवा धुन्चे घर भइ काठमाडौं, नागार्जुन नगरपालिका २ सानोभर्याङ बस्ने १८ वर्षीय राजन तामाङ रहेका छन् ।
आइतबार राति ११ बजे सानो भर्याङस्थित आर्मी मेडिकल कलेज नजिकै सडक खण्डमा एक व्यक्तिले चलाइरहेको बागमती प्रदेश ०२-०२६ प ५३१० नम्बरको मोटरसाइकललाई पैदल आएका दुई जना व्यक्तिहरूले रोकी धारिलो हतियार देखाई ज्यान मार्ने धम्की दिई उक्त मोटरसाइकल लिइ फरार भएका थिए ।
पीडितले उजुरी दिएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उक्त लुटिएको मोटरसाइकलसहित जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका २ तीनघरे बाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।
उनीहरुलाई डाँका चोरी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्राप्त भइ अनुसन्धान भइरहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - २१:०३
मुम्बई । समूह चरणबाट बाहिरिसकेको नेपालका लागि अन्तिम खेल प्रतिष्ठा जोगाउने अवसर बनेको छ। ICC T20 World Cup अन्तर्गत मुम्बईको Wankhede Stadium मा स्कटल...
फाल्गुन ५ गते, २०८२ - २०:५९
वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर १ चुनावी प्रयोगशालाजस्तै बनेको छ। यहाँको प्रतिस्पर्धा केवल उम्मेदवार...
फाल्गुन ५ गते, २०८२ - २०:५४
कैलाली । कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीमा विपरित दिशाबाट आएको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। ज...
फाल्गुन ५ गते, २०८२ - २०:५१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७५ हजार बढी सेवाग्राहीलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ । कामपाले हाल पाँचौ संस्करणका न्यायिक सहज...
फाल्गुन ५ गते, २०८२ - २०:५१
पोखरा । पोखरामा विद्यार्थी बोकेर विद्यालय आउजाउ गराउने बस चालकले नै मादक पदार्थ सेवन गर्ने गरेको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले यसबारे निग...
फाल्गुन ५ गते, २०८२ - २०:४६
भोजपुर । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ । मंगलबार टेम्केमैयुङ गाउँपालिका–३ का आदित्य दर्नाललाई आमाको...
फाल्गुन ५ गते, २०८२ - २०:४४
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ यतिबेला केवल निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक बहसको केन्द्र बनेको छ । यहाँको चुनावी प्रतिस्पर्धा उम्मेदवारको व्...
फाल्गुन ५ गते, २०८२ - २०:२५
काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला काठमाडौंबाट पक्राउ परेका छन् । निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार ब...
फाल्गुन ५ गते, २०८२ - २०:१९
खोटाङ । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणले गति लिएको छ। दिक्तेल–रेग्मी...
फाल्गुन ५ गते, २०८२ - २०:१७
रुकुमपूर्व । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य प्रतिस्पर्धा नभई “तीन प्रवृत्तिबीचको जनमत संग्रह”को रूपमा व्याख्या गरेका छन्। विकट क...



प्रतिकृया लेख्नुहोस्: