मनाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै गएको छ । देशैभर निर्वाचनको तयारी तीव्र र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् । विकट एवम् हिमाली जिल्ला मनाङमा तयारी भइरहेको अवस्था छ । तर, हिमपातले निर्वाचनलाई प्रभावित पार्नसक्ने अवस्था देखिएको छ ।
माथिल्लो क्षेत्रमा भने हिउँका कारण मतदान केन्द्र र आसपासका क्षेत्र हिउँले सेताम्मे बनेको छन् । हिउँले ढाकिएका मतदान केन्द्र अनुगमन, तयारीमा कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘यतिबेला निर्वाचनको तयारी मुख्य बनेको समयमा हिमाली क्षेत्रमा सकस भएको छ, अनुगमन, मतदान केन्द्रको व्यवस्थापन गर्नुपर्ने समय हो, तर हिमपातले समस्या भएको छ’, उनले भने ।
तल्लो क्षेत्रमा चिसो बढिरहेको छ, भने माथिल्लो क्षेत्र हिउँले सेताम्मे भएको पौडेलले बताए । उनले भने, ‘एक त हिमाली क्षेत्रका अधिकांश बासिन्दा जाडो छल्न बाहिर गएका छन्, सडक सञ्जालको पहुँचमा नपुगेको नार्पाभूमि गाउँपालिकामा निर्वाचनको तयारी गर्न सकस भएको छ ।’ हिउँले बाटो नै नदेखिने अवस्थामा रहेको जानकारी प्राप्त भएको उनको भनाई छ ।
कुल मतदाता सात हजार रहेको छ, भने एक अस्थायी गरी २९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । त्यसमध्ये माथिल्लो क्षेत्रका मतदान केन्द्र हिउँले भरिएका छन् । मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिका अहिले हिउँले सेताम्मे रहेका छन् । उनले भने, ‘माघ अन्तिम सातादेखि चैत पहिलो सातासम्म मनाङ फर्कने स्थानीयवासी हिमपातले फर्कन सकेका छैनन्, निर्वाचनका लागि अब छिट्टै फर्कने अपेक्षा गरिएको छ, तर हिमपातले यात्रा सहज बनाउनका लागि सडक सञ्जालको व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।’
चार वटा स्थानीय तह रहेको यस जिल्लाका हिमपात हुने समय भएकाले जोखिमयुक्त देखिएका छन् । तीन पालिका सडक सञ्जालको पहुँचमा रहेका छन् । तर, नार्पाभूमि गाउँपालिकामा हालसम्म पनि सडक सञ्जालको पहुँच पुगेको छैन । जसले यहाँका निर्वाचन कर्मचारी, मतपेटिकालगायतका निर्वाचनमा आवश्यक सामग्री ढुवानीमा पनि समस्या हुने देखिएको छ ।
नासोँ गाउँपालिकामा नौ, चामेमा एक अस्थायीसमेत गरी छ, नार्पाभूमिमा पाँच र मनाङ ङिस्याङमा नौ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । नार्पाभूमिका पाँच र मनाङ ङिस्याङका नौ वटा मतदान केन्द्र हिउँले ढपक्क छोपिएको अवस्थामा रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३० गते, २०८२ - १९:३९
भक्तपुर । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–२ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तातो हुँदै गएको छ। मतदाताले अब केवल नाममा होइन, आफ्नै क्षेत्रक...
माघ ३० गते, २०८२ - १९:०४
बैतडी। बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सु.प.प्र.०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८...
माघ ३० गते, २०८२ - १८:३७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फिर्तीलाई लक्षित गर्दै जिल्ला प्रशास...
माघ ३० गते, २०८२ - १८:३६
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षीलाई गाली नगरि चूनावी मैदानमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। बिहीबार...
माघ ३० गते, २०८२ - १८:३२
धनकुटा । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार रहेका ८ जनालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते सुनसरीको रामधुनी नगरपाल...
माघ ३० गते, २०८२ - १८:३०
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा आफ्नो परम्परागत प्रभाव जोगाउन नेपाली कांग्रेस सक्रिय भएको छ । विसं २०४८ यता निरन्तर जित निक...
माघ ३० गते, २०८२ - १८:२५
काठमाडौं । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले बालबालिकामाथि सामाजिक सञ्जालको बढ्दो प्रभावप्रति चिन्ता व्यक्त गर्दै विद्यालय तहका विद्यार्थीलाई म...
माघ ३० गते, २०८२ - १८:१५
काठमाडौँ । २४.१५ ग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका-११ बस्ने ३० वर्षका रोशन गुरुङ,...
माघ ३० गते, २०८२ - १८:१३
काठमाडौँ । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा नेपालले लगातार दोस्रो खेलमा पराजय भोग्दा इटालीले भने ऐतिहासिक जित निकालेको छ। भारतको मुम्बई...
माघ ३० गते, २०८२ - १८:०८
मनाङ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै गएको छ । देशैभर निर्वाचनको तयारी तीव्र र उम्मेदवार चुनावी प्रचारप्रसारमा जुटेका छन् ...



प्रतिकृया लेख्नुहोस्: