काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माहोल आफ्नो पार्टीतर्फ अनुकूल बन्दै गएको दाबी गरेका छन्।
बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विपक्षी दलहरू, बुद्धिजीवी र पत्रकारसमेत नेकपाको अवस्था अपेक्षाभन्दा राम्रो बन्दै गएको निष्कर्षमा पुगेको जिकिर गरे।
‘यो मैले मात्रै भनेको होइन–हाम्रा विपक्षहरू, विपक्षी राजनीतिक दल, बुद्धिजीवी, पत्रकारहरूले पनि आजभोलि नेपाली कम्युनिस्ट पार्टी सोचेभन्दा राम्रो हुँदै गएको छ भन्ने कुरा स्वीकार गर्न थालेका छन्,’ प्रचण्डले भने, ‘पहिला त हामीलाई धेरै हेपेर एकदम कम सिट ल्याउँछ, भनेजस्तो आउँदैन भन्ने गर्थे। अहिले त्यही मान्छेहरू पनि नेकपा प्रतिस्पर्धामा गएको र चार दलबीच कडा प्रतिस्पर्धा हुने चर्चा गर्न थालेका छन्।’
उनले प्रत्यक्षतर्फको निर्वाचनमा नेकपाले राम्रो नतिजा ल्याउने दाबी गर्दै पार्टीलाई सबैभन्दा उत्कृष्ट बनाउने लक्ष्यसहित चुनावी अभियानमा सक्रिय हुन नेता–कार्यकर्तालाई निर्देशन दिए।
प्रचण्डले नयाँ भनिएका राजनीतिक दलहरूले केही नयाँ क्षेत्रमा माहोल बनाए पनि परम्परागत क्षेत्रमा त्यस्तो प्रभाव देखिन नसकेको टिप्पणी गरे। उनका अनुसार आगामी निर्वाचनमा नेकपा, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिस्पर्धा हुनेछ।
‘देशभर नेकपा, कांग्रेस, एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने भन्ने कुरा सबैले स्वीकारेका छन्,’ उनले भने, ‘मलाई लाग्छ, अबको १०–१५ दिनमा नेपाली कम्युनिस्ट पार्टी अगाडि पुगिसक्यो भन्ने वातावरण बन्नेछ। हामी सबैले मेहनत गर्यौं भने अहिले त्यस्तो परिस्थिति निर्माण हुँदैछ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - १७:२०
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा फागुन ८ गतेका लागि साधारण तारेख तोकेको छ। यसअघि अदालत प्रशासनले आजका लागि साधारण तारे...
माघ २९ गते, २०८२ - १७:०१
बर्दिबास। महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले आन्तरिक कारण जनाउँदै उखु क्रसिङ अस्थायी रूपमा बन्द गरेको छ । कारखानाले आज बिहानदेखि क्रसिङ बन्द भए...
माघ २९ गते, २०८२ - १६:५७
दमक। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले नयाँ विचार र सोचको प्रतिनिधित्व गर्ने बताएको छन् । जेनजी आन्दोलनपछि विकल...
माघ २९ गते, २०८२ - १६:४६
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ...
माघ २९ गते, २०८२ - १६:३७
काठमाडौँ। अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हराउँदै दक्षिण अफ्रिकाले आइसिसी टी–२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । टी–२० विश्वकपको इतिह...
माघ २९ गते, २०८२ - १६:२५
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छ...
माघ २९ गते, २०८२ - १६:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनको माहोल आफ्नो पार्टीतर्फ अनुकूल बन्दै...
माघ २९ गते, २०८२ - १६:१०
काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार झिनो अंकले घट्दै स्थिर अवस्थामा बन्द भएको छ। कारोबारको सुरुवाती समयमा बढेको बजार अन्त्यमा ०.०४...
माघ २९ गते, २०८२ - १५:५८
काठमाडौं। राष्ट्रिय सभाले चलचित्र सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ। बुधबार बसेको सभाको बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्...
माघ २९ गते, २०८२ - १५:४३
टोरन्टो । पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । घटनामा सात जना माध्यमिक विद्यालयमा गो...



प्रतिकृया लेख्नुहोस्: