काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार झिनो अंकले घट्दै स्थिर अवस्थामा बन्द भएको छ। कारोबारको सुरुवाती समयमा बढेको बजार अन्त्यमा ०.०४ अंकले घटेर २६६२.१० बिन्दुमा झरेको हो। दिनको सुरुवातमा नेप्से २६६२.१४ अंकमा रहेको थियो।
यस साताको पहिलो तीन कारोबार दिनमा बजार निरन्तर ओरालो लागेको थियो। आइतबार १०.२४ अंक, सोमबार २६.०५ अंक र मंगलबार १०.२५ अंकले घटेको नेप्से बुधबार पनि सामान्य गिरावटसँगै स्थिर जस्तै देखिएको हो। यद्यपि, कारोबार रकममा भने केही सुधार आएको छ।
बुधबार कुल १ सय ३३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ सय १३ कम्पनीको मूल्य बढेको छ। १३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन। धेरै कम्पनीको सेयर मूल्य घटेकाले बजार सूचकमा उल्लेख्य सुधार आउन सकेन।
समूहगत परिसूचकतर्फ अधिकांश समूह ओरालो लागेका छन्। वित्त समूह ६.३५ अंक, होटल ४७.०७ अंक, जीवन बीमा २९.३१ अंक, उत्पादनमूलक ४२.५५ अंक, लघुवित्त ३.३३ अंक, सामूहिक लगानी कोष ०.०७ अंक, अन्य ५.७६ अंक र व्यापार समूह ८.७७ अंकले घटेका छन्।
तर, बैंकिङ समूह १.४९ अंक, विकास बैंक १०.१२ अंक, जलविद्युत् १६.७५ अंक, लगानी ०.०७ अंक र निर्जीवन बीमा समूह ९.६५ अंकले बढेका छन्।
कारोबारतर्फ बुधबार ३ सय २९ कम्पनीका ८२ हजार ४ सय ५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ। यो रकम मंगलबारको तुलनामा बढी हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १५:५९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने...
श्रावण ६ गते, २०८३ - १५:५३
रानी। मोरङको उर्लाबारीस्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले भरुवा बन्दुक र त्यसमा प्रयोग हुने विस्फोटक पदार्थ बरामद गरेको छ। चोरी(सिकार भइरहेको वि...
श्रावण ६ गते, २०८३ - १४:४४
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले बुधबार वीपी स्मृति दिवसको अवसरमा आयोजना गरेको स्मृति सभा कार्यक्रम तीन शीर्ष नेताले संयुक्त रूपमा उद्...
श्रावण ६ गते, २०८३ - १४:३३
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले बिहीबार त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा अस्पताल बिहानको समय (आधा दिन) मात्र सञ्चालन हुन...
श्रावण ६ गते, २०८३ - १४:२९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सैनिक अधिकृत भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशंकामा आवश्यक अनु...
श्रावण ६ गते, २०८३ - १४:२०
काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। प्रहरीका अनुसार सिम्ता गाउँपालिकाबाट गुमीतर...
श्रावण ६ गते, २०८३ - १२:५५
चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएको छन् । नेपाली कांग्र...
श्रावण ६ गते, २०८३ - १२:४१
काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीको अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। काठमाडौं ...
श्रावण ६ गते, २०८३ - १२:००
काठमाडौं । दाङमा निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई जना पुरुषको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्य...
श्रावण ६ गते, २०८३ - ११:४२
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...



प्रतिकृया लेख्नुहोस्: