काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेकी छन्। बुधबार आयोगको ३५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले अख्तियार पछिल्लो समय सक्रिय, निर्भीक र सशक्त रूपमा अघि बढिरहेको बताइन्।
‘मुलुकमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि आयोगले निभाउँदै आएको भूमिका महत्वपूर्ण छ,’ प्रधानमन्त्री कार्कीले भनिन्। सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य सर्त भएको उनको भनाइ थियो। समाजमा न्याय र सुरक्षाको न्यूनतम मापदण्डसमेत भ्रष्टाचारविहीन अवस्थामा मात्र सुनिश्चित हुने उनले उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले प्रत्येक राष्ट्रले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने बताउँदै नेपालले पनि संविधानमै अख्तियार जस्तो संवैधानिक निकायको व्यवस्था गरेको स्मरण गराइन्। ‘अख्तियारले गर्ने कारबाहीका कारण कर्मचारी र राष्ट्रसेवक पदाधिकारीमा एक प्रकारको जिम्मेवारीबोध र सचेतना बढेको छ,’ उनले भनिन्।
उनका अनुसार नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना निर्माणको अन्तिम चरणमा पुगेको छ। साथै, भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालतको व्यवस्था समेत रहेको उल्लेख गर्दै उनले देशमा पर्याप्त कानुनी, नीतिगत तथा संस्थागत संरचना रहेको बताइन्।
तर यति धेरै संरचना र कानुनी व्यवस्था हुँदाहुँदै पनि भ्रष्टाचार किन अपेक्षित रूपमा घट्न नसकेको भन्ने विषय चिन्ताको रहेको उनले स्पष्ट पारिन्। जेनजी आन्दोलनको म्यान्डेट स्मरण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्रमुख जिम्मेवारी सरकार र कार्यकारी अंगकै हुनेमा जोड दिइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - १३:१०
अख्तियारका आयुक्त राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको थिए
माघ २९ गते, २०८२ - १२:३८
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित आफ्नै कार्यालयबाट प्रत्यक्ष बिक्री व...
माघ २९ गते, २०८२ - १२:१९
हेटौँडा। मकवानपुरको भीमफेदी–८ महादेवटार छोक्रेडाँडामा निर्माणधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ९फास्ट ट्रयाक० मा खाडल खन्ने क्रममा एकजना मजदुरको मृत्य...
माघ २९ गते, २०८२ - १२:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताएका छन्। बुधबार अख्तियार दुरुपयोग...
माघ २९ गते, २०८२ - ११:५७
बिर्तामोड। झापाको कमल गाउँपालिका ७ ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ । झापा बाह्रदशी घर...
माघ २९ गते, २०८२ - ११:२३
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १ हजार १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख...
माघ २९ गते, २०८२ - ११:१२
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भूमि तथा राजश्व प्रशासनमा बढ्दो विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन...
माघ २९ गते, २०८२ - ११:००
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेकी ...
माघ २९ गते, २०८२ - १०:४९
म्याग्दी। आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै पार्टी नेतृत्व तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण तथा निर्देशनका लागि बुधबार नेपाली कम्यु...
माघ २९ गते, २०८२ - १०:२९
गुल्मी। गुल्मीमा इभी गाडी दुर्घटना भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर– ५ धनार्जे लामीडाँडास्थित मदन भण्डारी पक्की सडक खण्डमा इभी गाडी दु...



प्रतिकृया लेख्नुहोस्: