गुल्मी। गुल्मीमा इभी गाडी दुर्घटना भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर– ५ धनार्जे लामीडाँडास्थित मदन भण्डारी पक्की सडक खण्डमा इभी गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार बिहान मदन भण्डारी पक्की सडक खण्डमा धनार्जेबाट तम्घासतर्फ आउँदै गरेको लु।प्र।०१–००१ ज ०४३५ नम्बरको इभी गाडी दुर्घटना भएको हो। अचानक स्टेरिङ फेल भई गाडी सडकबाट अन्दाजी २०/२५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुले जानकारी दिए।
उनका अनुसार इस्मा गाउँपालिका वडा नम्बर– २ का ३२ वर्षीय राजु कुवँरले चलाएको इभी गाडी दुर्घटना भएको हो। दुर्घटनामा परी सह–चालक सोहि स्थानका १८ वर्षीय ईश्वर कुवँरको मुखमा सामान्य चोट लागि घाइते भएको छन्। घाइते कुँवरको उपचारका लागि जिल्ला अस्पताल तम्घासमा पठाइएको छ।
गाडीमा अन्य यात्रु कोही नभएको बताइएको छ। गाडी घटनास्थलमै छ। उक्त स्थानमा प्रहरी चौकी धनार्जेबाट प्रहरी बरीष्ठ हवलदार गुनबहादुर बोहोराको कमाण्डमा प्रहरी टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १४:३७
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...
जेष्ठ २० गते, २०८३ - १४:२३
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...
जेष्ठ २० गते, २०८३ - १४:१३
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...
जेष्ठ २० गते, २०८३ - १४:०७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...
जेष्ठ २० गते, २०८३ - १३:४६
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...
जेष्ठ २० गते, २०८३ - १३:३७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...
जेष्ठ २० गते, २०८३ - १३:२४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई “पूर्वाग्रहको पोको” भन्दै कडा आलोचना गरेका छन्। उनले सरकारले आफूहरू र पुराना राजनीत...
जेष्ठ २० गते, २०८३ - १३:१५
काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हु...
जेष्ठ २० गते, २०८३ - १२:५९
काठमाडौँ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजनाको लागत बढेर बजेट अपुग भएपछि जापानले थप सहा...
जेष्ठ २० गते, २०८३ - १२:२०
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालकहरूले लुकाएको हुन सक्ने सम्पत्तिबारे सूचना उपलब्ध ग...



प्रतिकृया लेख्नुहोस्: