Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए

अख्तियारका आयुक्त राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको थिए

खबरडबली संवाददाता

काठमाडौं । फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई बुधबार काठमाडौं ल्याइएको छ। इन्टरपोल र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा पाठकलाई काठमाडौं ल्याइएको हो। परिसरको टोलीले उनलाई लिन फिलिपिन्स पुगेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पाठकलाई हिरासतमा राखेर विद्युतीय कारोबार ऐन, आपराधिक लाभ लगायतका विषयमा अनुसन्धान अघि बढाइएको छ। पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको खुलेको थियो।

काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस शहरबाट पक्राउ परेका थिए। फिलिपिन्सको ब्यूरो अफ इमिग्रेशनले उनलाई नियन्त्रणमा लिएको विज्ञप्तिमार्फत जानकारी दिएको थियो। उनीमाथि जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी र इन्टरपोलबाट जारी डिफ्युजनको आधारमा नियन्त्रण गरिएको थियो।

प्रहरीका अनुसार पाठकले पत्र र भिडियो सन्देशमार्फत उच्च पदस्थमाथि धम्की दिएको खुलेपछि अनुसन्धान अघि बढाइएको हो। यसअघि उनी विभिन्न कसुरमा चार पटक मुद्दामा परेका थिए। प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम जाँच गर्दा सार्वजनिक अपराध, ठगी, आपराधिक विश्वास र आपराधिक लाभसम्बन्धी मुद्दा चलेको फेला परेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता

कपिलवस्तु। कपिलवस्तुमा १७२ थान भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै ती भरुवा ...

प्रभु साहले जेनजी आयोगको म्याद थपप्रति उठाए प्रश्न, प्रतिवेदन छिट्टै सार्वजनिक गर्न माग

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनका क्रममा भएका भौतिक र मानवीय क्षतिको छानबिन गर्न गठन गरिएको आयोग...

राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार राजीव झासहित कार्यकर्ता रास्वपामा प्रवेश

जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजीव झा आज राप्रपा ९राष्ट्रिय समाजवाद...

मधेसमा शिक्षा, स्वास्थ्य र कानुनी सहायताबाट जनता वञ्चित छन् : अध्यक्ष यादव

सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार उपेन्द्र यादवले वर्तमान राज्य व्यवस्थ...

‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले नेपाल अन्तरराष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चु...

प्रतिनिधिसभा निर्वाचन: एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएक...

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए

अख्तियारका आयुक्त राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको थिए

ग्यास अभावको गुनासोपछि टेकुबाटै एलपीजी बिक्री सुरु, कुन - कुन ग्यास पाइन्छ ?

काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित आफ्नै कार्यालयबाट प्रत्यक्ष बिक्री व...

काठमाडौँ–तराई–मधेश द्रुतमार्गमा काम गर्ने एक जना मजदुरको मृत्यु

हेटौँडा। मकवानपुरको भीमफेदी–८ महादेवटार छोक्रेडाँडामा निर्माणधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ९फास्ट ट्रयाक० मा खाडल खन्ने क्रममा एकजना मजदुरको मृत्य...

सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनतासम्म पुग्दैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताएका छन्। बुधबार अख्तियार दुरुपयोग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE