Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, कसले मार्ला बाजी ?

खबरडबली संवाददाता

बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी यसअघि निर्वाचित भएको यस क्षेत्र नेकपा (एमाले) र नेपाली कांग्रेसको उत्तिकै सङ्गठन भएको क्षेत्रको रूपमा चिनिन्छ ।

बागलुङ सदरमुकामसमेत रहेको यस क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ दलका ११ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दोहोरिइरहने उम्मेदवार हुन् एमालेका हीराबहादुर केसी ।

तेस्रो पटक प्रयासमा संसद् भवन छिर्ने योजनामा रहेका केसी यस पटक अनुमोदित हुने आशामा छन् । तर केसीलाई पुरानै दलका नयाँ उम्मेदवार र नयाँ दलका युवा उम्मेदवारले चुनौती दिने निश्चित छ । यस निर्वाचन क्षेत्रमा आफ्नो विरासत जोगाउने योजनामा रहेको एमालेलाई कांग्रेस, जनमोर्चा र रास्वपालगायतका नयाँ उम्मेदवार चुनौतीका रूपमा आएका छन् ।

“यसअघि पनि चुनाव हारेर विचलित भइन, तेस्रो पटक चुनाव लड्दै छु, दोस्रो संविधानसभा, प्रदेशसभाको निर्वाचनमा पराजित भएर तर जनताबाट टाढा रहिन, अहिलेको प्रतिनिधिसभामा उम्मेदवार भएर गाउँ पुगेको छु, धेरैले यस पटक अनुमोदन गछौँ भन्नुभएको छ”, केसीले भने । 

विद्यार्थी सङ्गठनको जिल्ला, अञ्चल हुँदै केन्द्रीय कोषाध्यक्ष, युवा संघको केन्द्रीय उपाध्यक्ष, पार्टीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्ष भएका एमालेका केसी विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग र विसं २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दीपेन्द्रबहादुर थापा मगरसँग एक हजार ४८० मतान्तरले पराजित भएका थिए ।

यस क्षेत्रमा अन्य दलले एक्ला एक्लै चुनावी मैदानमा उत्रेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले भने गठबन्धन गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर दुईमा नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाएको छ ।

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका भीमबहादुर श्रीस छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील खड्का र राजमोका कृष्ण अधिकारी छन् । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको मूल राजनीतिमा आएका कांग्रेस नेता श्रीससमेत लोकप्रिय नेताको रूपमा परिचित छन् । श्रीस २०६२ सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौँका स्ववियू सभापति भएका थिए ।

राष्ट्रिय जनमोर्चाको आधार इलाकाका रहेको बागलुङ क्षेत्र नम्बर एक बाट यस अघि चित्रबहादुर केसी सांसद थिए । केसीको विरासत धान्न राजमोका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीलाई नेकपाले सघाएको छ । उम्मेदवार अधिकारी नेकपा मसाल र त्यसको मोर्चा सङ्गठन राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक गतिविधिमा सक्रिय छन् । २०३८ सालमा अखिल छैठौँबाट राजनीति सुरु गरेका अधिकारी चित्रबहादुर केसीको निजी सचिव भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा उद्यमी सुशील खड्का चुनावी मैदानमा छन् । उनले परिवर्तनका लागि नयाँलाई भोट दिन आग्रह गर्दै आएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ क्षेत्र नं. १ मा कल्याण विक्रम आचार्य प्रतिस्पर्धामा युवा उम्मेदवारका रूपमा आएका छन् । 

साथै नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, मङ्गोल नेशनल अर्गनाइजेशनका गुमाकुमारी बुढा रानामगर, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहविर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिस्ट पार्टी (माओबादी) का टेकबहादुर केसी चुनावी मैदानमा छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending