काठमाडौं । तीजको मौलिकता र नेपाली सांगीतिक संस्कृतिलाई केन्द्रमा राख्दै वरिष्ठ गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम हुने भएको छ।
‘तीजको रहर आयो बरिलै’ बोलको चर्चित तीज गीतमार्फत तीजलाई सांगीतिक रूपमा चिनाउन महत्वपूर्ण योगदान दिएकी झाको प्रस्तुतिमा आगामी भदौ २० गते काठमाडौंको बाँसबारीस्थित रमालय भेन्युमा विशेष तीज सांगीतिक कार्यक्रम आयोजना हुँदैछ।
साधना कला केन्द्र र नेपाल सांगीतिक संघको आयोजनामा हुने कार्यक्रम दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा दीपा नारायण झाले आफ्ना डेढ दर्जनभन्दा बढी चर्चित तथा कालजयी गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ।
आयोजक साधना कला केन्द्रका अध्यक्ष तथा वरिष्ठ संगीतकार मिलन मोक्तानका अनुसार कार्यक्रम दुई चरणमा आयोजना हुनेछ। दिउँसो ३ बजेदेखि ५ः३० बजेसम्म रमालय भेन्युको बगैँचा परिसरमा तीज उत्सव आयोजना गरिनेछ। उक्त कार्यक्रममा १ हजार ५ सय रुपैयाँको टिकट लिएर दर्शकले दीपा नारायण झाका गीतमा नाच्दै रमाइलो गर्न सक्नेछन्। दर्शकका लागि खाजा पनि उपलब्ध गराइनेछ।
दिउँसोको कार्यक्रममा दीपा नारायण झालाई साजन लामा, सञ्जय तुम्रुक र रूपक चौधरीले विभिन्न स्वरमा साथ दिनेछन्। अभिनेता तथा गायक प्रकाश सपुतले पनि आफ्ना चर्चित तीज गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा ‘तीजको रहर आयो बरिलै’सँगै ‘भुली गए सम्झनालाई’, ‘कुसुमे रुमाल’, ‘मायाको बारीमा प्रीतिको फूल’, ‘चाहन्छु म तिमीलाई नै’, ‘इशाराले बोलाउनु पर्दैन’, ‘हिमाललाई साक्षी राखी आऊ मिठो बाचा गरौँ’, ‘सुन भन न जुन हेर न’, ‘बनमाराले बनै खायो’, ‘कालो चस्मा लाउ है माया विशाल बजारको’, ‘वर्ष तिमी छमछम गरी वर्षी देऊ न’, ‘बनमा फुल्यो फूल’, ‘कसैलाई नसोधी तिमी मन पराएँ’, ‘घमाइलो रमाइलो कोसी तिरैमा’, ‘चरीको घर गुँडैमा भए’, ‘तिर्खा लागे निरमाया’, ‘झुटो हैन यो कुरा साँचो छ’ र ‘त्रिशूली बगेर मर्स्याङ्दी झरेछ’ लगायतका चर्चित गीत प्रस्तुत गरिनेछ।
त्यसैगरी, साँझ ६ः३० बजेदेखि ८ः३० बजेसम्म रमालयको मुख्य हलमा ‘तीजको रहर आयो बरिलै’ विशेष सांगीतिक साँझ आयोजना हुनेछ। दर्शकले तीजको दरसँगै दीपा नारायण झाका चर्चित गीतमा मनोरञ्जन लिन पाउनेछन्।
विशेष सांगीतिक साँझमा दीपा नारायण झालाई पुरुषतर्फबाट प्रदीपराज पाण्डे, प्रकाश सपुत, सञ्जय तुम्रुक र रूपक चौधरीले साथ दिनेछन्।
कार्यक्रमका लागि अग्रिम टेबल, सोफा तथा साधारण सिटको व्यवस्था गरिएको छ। टिकट बुकिङ तथा अन्य जानकारीका लागि साधना कला केन्द्रमा सम्पर्क गर्न सकिने आयोजक मिलन मोक्तानले जानकारी दिए।
उनका अनुसार कार्यक्रमको अग्रिम टिकट बिक्री यही सातादेखि सुरु हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...
श्रावण २३ गते, २०८३ - २१:३९
अध्यक्षले कार्यभारसमेत दिएनन्
श्रावण २३ गते, २०८३ - २१:३२
दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क
श्रावण २३ गते, २०८३ - २१:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्याएरै छाड्ने प्र...
श्रावण २३ गते, २०८३ - २१:०७
कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...
श्रावण २३ गते, २०८३ - २१:०१
काठमाडौं । तीजको मौलिकता र नेपाली सांगीतिक संस्कृतिलाई केन्द्रमा राख्दै वरिष्ठ गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम हुने भएको छ। ‘तीजको र...
श्रावण २३ गते, २०८३ - २०:५७
काठमाडौं । हरितालिका तीज आउन करिब पाँच साता बाँकी रहँदा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको रौनक सुरु भइसकेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ व...
श्रावण २३ गते, २०८३ - ०९:०१
काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने गरी ‘मक्का संयुक्त रक्षा सम...
श्रावण २३ गते, २०८३ - ०८:५४
५ दिनभित्र ग्यास समस्या हट्ने दाबी
श्रावण २३ गते, २०८३ - ०८:४९
काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...



प्रतिकृया लेख्नुहोस्: