Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

जाँचबुझ आयोगको म्याद तेस्रोपटक थप्ने तयारी, चुनावी प्रभावको आशंकाबीच प्रतिवेदन अलपत्र पर्ने संकेत

खबरडबली संवाददाता

काठमाडौं । जाँचबुझ आयोगको प्रतिवेदन समयमै तयार हुन नसकेपछि म्याद तेस्रोपटक थप गर्ने तयारी गरिएको छ। यसअघि दुईपटक गरेर ५० दिन म्याद थपिँदा पनि प्रतिवेदन तयार हुन नसकेको हो।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार तोकिएकै समयसीमाभित्र काम सक्ने प्रयास भइरहे पनि अझै केही काम बाँकी छ। “काम नसकिए म्याद थप्नुपर्ने हुन्छ,” उनले भने।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा असोज ९ गतेदेखि तीन महिनाका लागि गठन भएको आयोगको म्याद आगामी बुधबार सकिँदैछ। स्रोतका अनुसार मंगलबार वा बुधबार सरकारसँग थप समय माग्ने तयारी भइरहेको छ। तर बुधबारसम्म प्रतिवेदन बुझाउने सम्भावना कम देखिएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार आयोगले अझै विभिन्न कार्यालय तथा गैरसरकारी संस्थाबाट कागजात संकलन गरिरहेको छ। “अहिलेसम्म औपचारिक प्रस्ताव आएको छैन, तर प्रतिवेदन तयार हुन अझै समय लाग्ने देखिन्छ,” स्रोतले भन्यो।

आयोगको प्रारम्भिक म्याद पुस ९ गते सकिएको थियो। त्यसपछि एक महिना थपेर माघ ९ सम्म पुर्‍याइयो। त्यस अवधिमा पनि प्रतिवेदन नआएपछि दोस्रोपटक २० दिन म्याद थपिएको थियो, जुन म्याद माघ २८ गते सकिँदैछ।

यसैबीच, जाँचबुझ आयोगको प्रतिवेदनले चुनावमा असर पार्न सक्ने भन्दै सरकारकै योजनामा ढिलाइ भइरहेको आशंका उठेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)बीचको राजनीतिक टकराबका कारण प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिएको दाबी स्रोतहरूले गरेका छन्।

आयोगले ओलीलाई दोषी किटान गर्छ कि गर्दैन भन्ने विषयमा एमालेको चासो रहँदै आएको छ। आयोग गठनप्रति असन्तुष्टि जनाउँदै एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो, तर अदालतले मागअनुसार आदेश दिएन। त्यसपछि ओलीले बयान नदिने अडान लिए पनि पछि आयोगको टोली घरमै पुगेर बयान लिएको थियो।

ओली र बालेन दुवै झापा ५ बाट चुनावी मैदानमा उत्रिएपछि सुरक्षा चुनौती बढेको भन्दै सरकारले विशेष सुरक्षा व्यवस्था मिलाएको छ। उनीहरू जहाँ पुगे पनि प्रहरी निरीक्षकको कमाण्डमा छुट्टै टोली खटाइएको छ भने झापा क्षेत्रमा कोसी प्रदेशबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार सरकारले चुनाव जसरी पनि सम्पन्न गर्ने प्राथमिकता राखेको छ। “प्रतिवेदन ढिलाइ गर्ने–नगर्ने सरकारको काम होइन, तर चुनावलाई ध्यानमा राखेर केही कम्प्रमाइज हुनसक्छ,” स्रोतले भन्यो।

भदौ २३ र २४ गतेका घटनासँग जोडेर ओली र बालेन एक–अर्कामाथि गम्भीर आरोप–प्रत्यारोप गरिरहेका छन्। ती घटनाको छानबिन गरी कारबाही सिफारिस गर्ने जिम्मा पाएको आयोगमाथि दुवैलाई दोषी किटान गर्न दबाब रहेको बताइन्छ।

आयोगले दुवै नेताबाट बयान लिइसकेको करिब दुई महिना भइसकेको छ। तर अन्य प्रमाण संकलन र प्रतिवेदन लेखन बाँकी रहेको भन्दै आयोगले अझै केही समय प्रतिवेदन नबुझाउने संकेत दिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending