Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

आइसिसी टी–२० विश्वकप : इङ्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतीपूर्ण लक्ष्य

खबरडबली संवाददाता

काठमाडौँ। आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपाललाई जितको लागि इङ्ल्यान्डले एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । 

मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८४ रन बनायो । इङ्ल्यान्डका लागि ज्याकोब वेथे र कप्तान ह्यारी ब्रुकले अर्धशतकीय इनिङ्स खेखे।

ज्याकोबले सर्वाधिक ५५ रन बनाए। उनले ३५ बलमा चार चौका र चार छक्काको सहयोगमा उक्त रन बनाएको हो । यस्तै कप्तान ह्यारी ब्रुकले ३२ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५३ रन बनाए ।

ओपनर जोस बट्लरले २६, विल ज्याक्सले अविजित ३९ रन बनाए। अर्का ओपनर फिल साल्टले एक तथा टोम ब्यान्टोम र सान कुरान दुई दुई रन जोड्दै पेभेलियन फर्के। जोफ्रा आर्चर एक रनमा रन आउट भए । 

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुई दुई तथा सन्दीप लामिछाने र शेर मल्लले एक एक विकेट लिए। यस खेलसँगै टी–२० विश्वकपमा शेर मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले डेब्यू गरेको छन् ।

नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग पहिलो पटक खेलेको हो । नेपाल आज इङ्ल्यान्डमाथि चमत्कारिक जित निकाल्दै विश्वकपमा सुखद सुरुवात गर्ने अभियानमा छ ।

विश्वकपको समूह ‘सी’ मा  छ । यस समूहमा इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेको छ । भारतसँगको विवादले बङ्गलादेशले विश्वकपमा नखेल्ने निर्णय गरेपछि आइसिसीले वरीयताको आधारमा स्कटल्यान्डलाई मौका दिएको हो । इटालीले पहिलो पटक क्रिकेट विश्वकप खेल्दैछ । 

नेपालले समूहको दोस्रो खेल माघ २९ गते इटाली, फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्ने छ । 

नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोलि बस्ने प्रतिनिधिसभा बैठक स्थगित, अब शुक्रबार बस्ने

काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको ...

होर्मुज जलमार्ग बन्द हुँदा मालवाहक जहाज समुन्द्रमै अलपत्र

लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)

काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...

रास्वपा महाधिवेशन: मतदान सुरु हुन अझै केही घण्टा लाग्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने बताएका...

रास्वपाको महाधिवेशन लम्बिँदा खर्च बढ्यो, व्यवस्थापनमा दबाब

काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार  ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रति...

नेपाल प्रहरीको तलब प्रणालीमा परिवर्तन, अब १५ दिनमै तलब

काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...

रास्वपा महाधिवेशनमा मतदान प्रक्रिया थप लम्बिने, उम्मेदवार सूची अझै सार्वजनिक भएन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...

अघोरी तान्त्रिक बन्न मध्यराति श्यामसानघाटमा अर्धनग्न भएर बस्ने चारजना पक्राउ

विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...

महाधिवेशन जारी रहँदा प्रधानमन्त्री शाह काठमाडौं फर्किए, प्रयोग गरेनन् भीआईपी कक्ष

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending