Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन सरकार तयार

खबरडबली संवाददाता

काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताएका छन् ।

कार्बन व्यापारमा सरकारसँगै नेपालका वित्तीय संस्थाहरूको सहभागिता पनि आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि मन्त्रालयल नीतिगत सहजीकरण गर्न तयार रहेको बताए ।

नेपालका वित्तीय संस्थालाई पेरिस सम्झौताको धारा ६ र कार्बन परियोजनाको वित्तीयकरणबारे बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले आज आयोजित कार्यशालाको उद्घाटनमा मन्त्री चौलागाईंले यस्तो बताएका हुन् ।'केही समयअघि हामीले धेरै प्रयत्न गरेर वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ कोलियसन (एलइएफ कोलियसन) बाट जलवायु वित्त प्राप्त गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थियौँ,' उनले भने ।

मन्त्री चौलागाईंले हाल आफूले वन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वातावरण संरक्षण र पूर्वाधार विकासमा देखापरेका नीतिगत चुनौती सम्बोधन गर्ने प्रयासको थालनी गरेको जानकारी गराए ।

कार्यक्रममा वन सचिव डा गोविन्दप्रसाद शर्माले मन्त्रालयले लामो समयदेखि थालेको प्रयासका कारण कार्बन व्यापार सुरुआत भएको जानकारी गराउँदै नेपालले कार्बन व्यापारबाट अपेक्षित लाभ लिन भने नसकेको उल्लेख गरे ।

वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा महेश्वर ढकाल, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका निर्देशक डा मुकेश घिमिरे, एनएमबी बैंकका दिगो ऊर्जा बैकिंङ प्रमुख दिनेश दुलालले कार्बन वित्तमा संलग्न हुँदा देखिने अवसर, जोखिम र नियामकीय पक्षसम्बन्धी प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सहभागीहरूले कार्बन वित्तमा संलग्न हुँदा देखिने अवसर, जोखिम र नियामकीय पक्षसम्बन्धी व्यावहारिक ज्ञानसम्बन्धी प्रस्तुतीकरण तथा छलफल र अन्तरक्रियात्मक गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा हुने

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि ब...

प्रतिनिधिसभा निर्वाचन: आयोगले नौ प्रकारका सामग्री पठाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नौ प्रकारका निर्वाचन सामग्री केन्द्रबाटै पठाउने भएको छ । आयोग...

बालेन शाहको घरमा चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर...

सुनिल थापालाई चलचित्र विकास बोर्डमा राखेर चलचित्रकर्मीले दिए अन्तिम श्रद्धाञ्जली

काठमाडौं । अभिनेता सुनिल थापालाई आइतबार चलचित्रकर्मी, संगीतकर्मी र शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनका पार्थिव शरीरलाई दिउँसो चलचित्र व...

टी–२० विश्वकप : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै इङ्ल्यान्ड

काठमाडौँ। आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको विश्वकप विजेता बलियो इङ्ल्यान्डसँग खेल्दैछ ।  मुम्बईस्थित वानखेडे ...

लिङ्देनको मतदाता सम्वोधन: भोट देशको भविष्य हो, हल्का सोचेर नदिनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आगामी निर्वाचनलाई सामान्य आवधिक प्रक्रिया मात्र भनेर नहेर्ने र ...

भागबण्डा र षड्यन्त्रको राजनीतिले मुलुकमा समस्या सिर्जना गरेको छ: रवी रामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भागबण्डा र षड्यन्त्रको राजनीति मुलुकका लागि ठूलो समस्या भएको बताएका छन्। चितव...

भागबण्डा र षड्यन्त्रको राजनीतिले मुलुकमा समस्या सिर्जना गरेको छ: रवी रामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भागबण्डा र षड्यन्त्रको राजनीति मुलुकका लागि ठूलो समस्या भएको बताएका छन्। चितव...

खोकनामा अझै पेलिन्छ तेल: तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल...

कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन सरकार तयार

काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE