Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

कांग्रेसले ‘मेरो २१ दिन’ अभियानअन्तर्गत सम्बन्धित क्षेत्रका सबै सदस्यलाई चुनाव तयारीमा खटाउने

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले जिम्मेवारी दिइएको बाहेकका सबै नेता र कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ। पार्टीले फागुन २१ बाट सुरु हुने ‘मेरो २१ दिन’ अभियानअन्तर्गत सम्बन्धित क्षेत्रका सबै सदस्यलाई चुनाव तयारीमा खटाउनेछ।

आइतबार बिहान भएको कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका’ अनुसार, केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रगत जिम्मेवारी पाएका सदस्यले तोकिएको काम सकेर मात्र फर्किन सक्ने निर्देशन दिएको छ। यसअन्तर्गत, ‘जसको पदीय जिम्मेवारी जहाँ र उसले खट्ने त्यहाँ’ नीति लागू हुनेछ।

त्यस्तै, एक वडाका सदस्यलाई अर्को वडामा पठाएर सक्रिय गरिने छैन। भ्रातृ र शुभेच्छुक संस्थामा रहेका नेता र कार्यकर्तालाई पनि आफ्नै क्षेत्रमा सक्रिय रहन निर्देशन दिइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन सरकार तयार

काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न...

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदको बिदाइ सम्बोधन जारी

काठमाडौं । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्न सोमबार (माघ २५) बाट बैठक बस्ने भएको छ। फागुन २० मा कार्यकाल सकिने १९ सांसदमध्...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज मुम्बईको वानखेडे स्टेडियममा इङ्ल्यान्डसँग हुने ऐतिहासिक टी–२० विश्वकप खेलमा...

काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा

काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठ...

बैतडीमा तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता

वाशुलिङ बैतडी। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा साढे तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता गरिएको छ । ...

कांग्रेसले ‘मेरो २१ दिन’ अभियानअन्तर्गत सम्बन्धित क्षेत्रका सबै सदस्यलाई चुनाव तयारीमा खटाउने

काठमाडौं । नेपाली कांग्रेसले जिम्मेवारी दिइएको बाहेकका सबै नेता र कार्यकर्तालाई आफ्नो क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ। पार्टीले फागुन २१ बाट...

नवलपरासीमा उद्योगपति चौधरीलाई विरासत जोगाउन चुनौती, चतुष्कोणीय प्रतिस्पर्धा कडा

पश्चिम नवलपरासी। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। साविकका विजेता...

बिर्तामोडमा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रुको मृत्यु

बिर्तामोड । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघ...

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च ...

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE