काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन काठमाडौँमा रहेका दाङेली युवाहरू भेला भएका छन्।
शंकरदेव क्याम्पसको सभाकक्षमा आयोजित ‘दाङ–काठमाडौँ युवा भेला’ले हरिश भण्डारीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ। भेलाले भविष्यमा यस समूहलाई ‘नेपाली कांग्रेस दाङ–काठमाडौँ सम्पर्क समिति’मा रूपान्तरण गर्ने र तत्कालका लागि चुनाव केन्द्रित गतिविधिमा सक्रिय हुने निर्णय गरेको जनाएको छ।
दाङबाट काठमाडौँ आएर अध्ययन तथा विभिन्न पेसा–व्यवसायमा संलग्न करिब डेढ सय युवाको सहभागिता रहेको कार्यक्रममा वक्ताहरूले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस समर्थकहरू एकजुट हुनुपर्नेमा जोड दिएका थिए।
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले वर्तमान परिस्थितिमा लोकतन्त्रमाथि चुनौती देखिएकाले सचेत र संगठित भएर चुनावी अभियानमा लाग्न आग्रह गरे।
नेपाल पत्रकार महासंघका पूर्व सभापति विपुल पोखरेलले उच्च मनोबलका साथ प्रचार–प्रसारमा सक्रिय हुन र सम्भव भएसम्म दाङमै पुगेर अभियान सशक्त बनाउन सुझाव दिए।
नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले दाङको चुनावी माहोल उत्साहजनक रहेको उल्लेख गर्दै सबैको साथ र सहयोगले सफलता हासिल हुने विश्वास व्यक्त गरे।
युवा नेता हरिश भण्डारीले आगामी दिनमा पनि यस्तै भेला र छलफललाई निरन्तरता दिँदै दाङको चुनावी गतिविधिसँगै विकास निर्माणका विषयमा पनि बहस चलाइने बताए। सामाजिक सञ्जालमार्फत हुने बहसले चुनावमा प्रभाव पार्ने भएकाले युवा तथा विद्यार्थी सचेत हुनुपर्नेमा उनले जोड दिए।
दाङ क्षेत्र नम्बर १ बाट सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्र नम्बर २ बाट युवा व्यवसायी तथा महासमिति सदस्य किरणकिशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट निवर्तमान केन्द्रीय सदस्य दीपक गिरी नेपाली कांग्रेसका उम्मेदवार छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २५ गते, २०८२ - २१:३२
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान असहज अवस्था एमाले र कांग्रेसकै कारण सिर्जना भएको आरोप लगाएका छन्...
माघ २५ गते, २०८२ - २१:२८
काठमाडौं । टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डमाथि ३५ रनको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। १८३ रनको लक्ष्य पछ्य...
माघ २५ गते, २०८२ - २१:०५
सुर्खेत — निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा सुर्खेत प्रहरीले ‘द डेन्जरस स्कल’ (The Dangerous Skull) नामक समूहमा आबद्ध २५ जना युवालाई नियन्त्रण...
माघ २५ गते, २०८२ - २०:५९
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँलाई बि...
माघ २५ गते, २०८२ - २०:५३
काठमाडौँ । इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शन...
माघ २५ गते, २०८२ - २०:४७
एक महिना अघि खोजीमा खटिएको १५ सदस्यीय टोली, शनिबार विस्फोट भएपछि आशंका बलियो
माघ २५ गते, २०८२ - १९:५९
काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन खोजिएको प्रयासलाई निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने भन्दै रोकेको छ। ...
माघ २५ गते, २०८२ - १९:५६
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा दलहरू फेरि घोषणापत्र लेखनमा जुटेका छन्। अधिकांश दलले फागुनको पहिलो सातामै आफ्ना प्रत...
माघ २५ गते, २०८२ - १९:३४
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन काठमाडौँमा रहेका दाङेली युव...
माघ २५ गते, २०८२ - १९:३२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुको उद्देश्य काठमाडौं र मधेसबीचको...



प्रतिकृया लेख्नुहोस्: