Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

ओलीलाई प्रधानमन्त्री हुन नदिई आफैं हुने सुशीलको खेल यस्तो छ

\"Sushil_Koirala\"काठमाडौं । कांग्रेस–एमालेबीचको बहुप्रचारित सहमतिविपरीत प्रधानमन्त्री सुशील कोइराला आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने अभ्यासमा लागेका छन् ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ सहमतिअनुसार संविधान जारी भइसकेपछि प्रधानमन्त्रीका रूपमा केपी ओलीले विस्थापित गर्ने भनिए पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार कोइरालाले आफूलाई नयाँ प्रधानमन्त्रीमा समर्थन गर्न सहयोगको याचना गरेका थिए ।   शनिबार साँझ प्रधानमन्त्री निवासमा कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच भेट भएको थियो । दुई नेताबीच भएको छलफलमा कोइरालाले पहिलोपटक मुख खोलेर आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठन गर्न एमाओवादीलाई आग्रह गरेका हुन् ।   नयाँ सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले दलहरूलाई आह्वान गरेको दोस्रो दिन कोइरालाले आफ्नै नेतृत्वमा सरकार बनाउने कसरत सुरु गरेका हुन् । ‘प्रधानमन्त्रीले कांग्रेस र एमाओवादी मिलेर बहुमतीय सरकार गठन गरौं भनेर प्रस्ताव राख्नुभयो’, एमाओवादी अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो ।   साँझ झन्डै एक घन्टा प्रधानमन्त्री कोइराला र दाहालबीच एक्लाएक्लै वार्ता भएको थियो । वार्तामा दाहालले भने सहमतीय सरकार गठनको आग्रह गरेको बताइएको छ । ‘अध्यक्षज्यूले तीन दलबीचको एकता र १६ बुँदे सहमतिको स्प्रिटअनुसार सहमतीय सरकार गठनको आग्रह गर्नुभएको थियो’, प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले भने ।   स्रोतका अनुसार कोइरालाले एमाले नेतृत्वमा सरकार बनाउन मधेसी दललगायतका राष्ट्रिय र अन्तर्राष्ट्रिय समर्थनसमेत नहुने भएकाले संविधान संशोधन गरेर सबैको सहमति बनाउने गरी आफ्नो नेतृत्वमा नयाँ सरकार गठन आवश्यक भएको तर्क गरेका थिए ।   कोइरालाले मधेसी दलसँग वार्तामार्फत संविधान संशोधन गर्ने र अहिले देखिएको नाकाबन्दीलगायतका समस्याको सहज समाधानका लागि पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्न आवश्यक भएको धारणा प्रचण्डसमक्ष राखेका थिए ।   सत्ता साझेदार एमालेले प्रधानमन्त्रीबाट राजीनामा गर्न दबाब दिएपछि कोइरालाले सरकार गठनको बाटो खोले पनि राजीनामा गरेका छैनन् । उनको राजीनामा नआएपछि एमाले कांग्रेस नेतृत्वसँग रुष्ट बनेको छ । शनिबार एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्री बन्न नदिन चलखेल भइरहेको बताएका थिए ।   कांग्रेसभित्र संविधान जारी भइसकेको अवस्थामा फेरि संयुक्त सरकार आवश्यक नभएको भन्दै आफ्नै नेतृत्वमा बहुमतीय सरकार गठन गर्न वा प्रतिपक्षमा बस्न तीव्र दबाब परेको छ । आगामी चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने एमालेसँग सत्तामा साझेदार गर्न नहुने कांग्रेस नेताहरूको तर्क छ ।   स्रोतका अनुसार शनिबार बिहान आफू निकट नेताहरूसँग कोइरालाले संसदीय दलको चुनाव गर्न अहिले सम्भव नभएको भन्दै आफैं प्रधानमन्त्रीको उम्मेदवार हुने धारणा राखेका थिए । आफ्नो टिमसँग छलफल गरेपछि कोइरालाले एमाओवादीसँग औपचारिक रूपमा सरकार गठनका विषयमा छलफल गरेका हुन् ।   ‘संविधान अझै पूर्ण नभएकाले आफूले सुरु गरेको काम आफैं फत्ते गर्न प्रधानमन्त्री अग्रसर हुनुभएको हो’, कोइरालाको क्याबिनेटमा भएका एक मन्त्रीले नाम नबताउने सर्तमा भने, ‘संविधान सबैले स्वीकार गर्ने गरी संशोधन गरी सहज वातावरण बनेपछि उहाँले पद छोड्नुहुन्छ ।’ कोइरालाले आफ्नै नेतृत्वमा सरकार गठनको कसरत सुरु गरेपछि राष्ट्रपतिले आह्वना गरेअनुसार सहमति सरकार गठन नहुने निश्चित भएको छ । संविधान जारी गर्न डेढ वर्षदेखिको कांग्रेस र एमालेको सम्बन्ध पनि तोडिने भएको छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनका लागि यसअघि नै कसरत सुरु गरिसकेको छ ।   दुई ठूला दलबीच सरकार गठनमा विवाद देखिएपछि एमाओवादीलगायतका अन्य दलहरूको समर्थन जसलाई भयो उसैको नेतृत्वमा सरकार गठन हुने सम्भावना देखिएको छ । कांग्रेसलाई एमाओवादीसँग गठबन्धन भए बहुमत पुर्‍याउन १० सिट मात्रै बाँकी रहन्छ भने एमाले र एमाओवादीबीच गठबन्धन भए उसलाई अन्य ३१ सिट आवश्यक पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending