काठमाडौँ । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीको कुर्सीमा लाञ्छनायुक्त पर्चा टाँसेको छ। त्रिविका चार वटा विभागको शुल्क घटाउनुपर्ने मागसहित आन्दोलनरत क्रान्तिकारीले उपकुलपति प्रा।डा। दीपक अर्याल र रजिस्ट्रार प्रा।डा। केदारप्रसाद रिजालको कुर्सीमा पर्चा टाँसेको हो।
केही दिनअघि शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोडसमेत भएको थियो। तर अखिल क्रान्तिकारीले बिहीबार विरोध र दबाबका लागि ‘सांकेतिक’ आन्दोलन मात्र गरिएको जनाएको छ।
‘वार्ता र छलफलका लागि पर्खियौँ, तर कुनै पहल भएन। त्यसको विरोधस्वरूप सांकेतिक आन्दोलन गरेका हौँ,’ अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष दिनेश ऐरले बताए।
त्रिवि प्रशासनका अधिकारीहरूले विद्यार्थी संगठनले पदाधिकारीको कुर्सीमा अपशब्द टाँसेर दुर्व्यवहार गरेको दाबी गरेका छन्।
‘पदाधिकारीको कार्यकक्षमा आएर जथाभावी लेखेर जानु दुर्व्यवहार हो,’ त्रिवि केन्द्रीय कार्यालयका एक अधिकारीले भने, ‘विद्यार्थीबाट पदाधिकारी र कर्मचारी डराउनुपर्ने अवस्था सिर्जना भएको छ।
यता, अखिल क्रान्तिकारीले आफूहरूमाथि प्रशासनले दमन गरेको आरोप लगाएको छ।‘हाम्रो साथीलाई प्रहरी लगाएर पक्राउ गरियो। दुई–तीन घण्टा राखेर छोडियो,’ ऐरले भने।
मानविकी संकायअन्तर्गतका चारवटा सेल्फ–सस्टेन कार्यक्रम केन्द्रीय विभागमा ल्याएपछि सहमतिअनुसार शुल्क समायोजन नभएको क्रान्तिकारीको आरोप छ। त्रिवि प्रशासनका अनुसार शुल्क पुनरावलोकनका लागि कार्यदल गठन भइसकेको छ।
मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैङ्गिक अध्ययन, सामाजिक कार्य तथा द्वन्द्व, शान्ति तथा विकास अध्ययन कार्यक्रमको शुल्क घटाउन क्रान्तिकारीले माग गर्दै आएको छ।
यसअघि अखिल क्रान्तिकारीले त्रिवि पदाधिकारीको कार्यकक्षमा ताला लगाएको थियो। सर्वोच्च अदालतको आदेशअनुसार प्रहरी प्रशासनले ताला खोले पनि प्रवेशमा रोक लगाइएकाले पदाधिकारीहरू अझै कार्यकक्षमा जान नसकेको त्रिवि प्रशासनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १३:२८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हा ले मौसमविद्हरूलाई वर्तमान सरकारको सफलतामा महत्वपूर्ण योगदान दिने “पर्दा पछाडिका हिरो” क...
चैत्र ९ गते, २०८२ - १२:३१
राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक...
चैत्र ९ गते, २०८२ - १२:१०
सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै,...
चैत्र ९ गते, २०८२ - ११:५९
चितवन। चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्ष...
चैत्र ९ गते, २०८२ - ११:३०
सुलीकोट। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा...
चैत्र ९ गते, २०८२ - ११:१५
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसाय...
चैत्र ९ गते, २०८२ - १०:४१
बाजुरा। बाजुरामा नवजात शिशु सहित सुत्केरी महिला मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उहाँले ...
चैत्र ८ गते, २०८२ - १७:२४
भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...
चैत्र ८ गते, २०८२ - १७:०१
वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...
चैत्र ८ गते, २०८२ - १६:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...


प्रतिकृया लेख्नुहोस्: