बर्दिया। बर्दियामा यस वर्ष ३७ करोड बराबरको केरा बिक्री भएको छ ।बर्दिया जिल्लाका छ सय किसानहरूले ७५० हेक्टर क्षेत्रफलमा करिब ३८ हजार मेट्रिक टन केरा उत्पादन गरेका छन् ।
बर्दियामा एक हेक्टरमा करिब ५० मेट्रिक टन केरा उत्पादन हुँदै आएको केरा व्यवसाय सङ्घ बर्दियाका अध्यक्ष टोपलाल विकले बताए।
यस वर्षको केराको सिजनमा किसानहरूले ३७ करोडको केरा बिक्री गर्न सफल भएको उनले बताए। सुरुको समयमा केरा नबिके पनि सरकारले भारतबाट केरा आयात पूर्णरूपमा रोकेपछि केराको बिक्री बढेको थियो ।
दसैँसम्म नबिकेको केरा सरकारले भारतीय केरा रोग लागेको भेटाएपछि केरा आयातमा रोक लगाएको थियो । त्यसपछि बर्दियामा उत्पादन भएका केरा धमाधम बिक्री भएका थिए ।दसैँ अगाडिसम्म काँचो केरा तीन सय रुपियाँ प्रति क्रेट बिक्री गर्न बाध्य किसानले केरा आयात बन्द भएपछि पाँच सय रुपियाँसम्म मूल्य पाएका थिए ।
यस वर्ष गत वर्षको तुलनामा केरा किसानको आम्दानी केही घटेको छ । सुरुमा केरा बिक्री नभएको र पछि बर्सातको कारणले बिक्री गर्न तयार भएका केरामा ढुसी लागेपछि उत्पादनमा कमी आएको थियो ।
बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागु भएपछि करिब ७५० हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।गत वर्ष बर्दियामा वार्षिक ४० करोड बराबरको केराको कारोबार भएको थियो । केरा खेती गर्ने किसानले विगत १४ वर्षदेखि सरकार समक्ष भारतीय केराको आयात बन्द गर्नुपर्ने माग राख्दै आएका थिए ।
यस वर्ष पनि किसान कृषि मन्त्रालय मै पुगेर केराको आयात रोक्नुपर्ने माग गरेका थिए । सोही समय भारतमा केरामा लाग्ने टि आर फोर नामक रोगको प्रकोप फैलिएपछि केरा आयात पूर्णरूपमा बन्द भएको अध्यक्ष विकले बताए।
भारतबाट आयात बन्द भएपछि बर्दियामा केरा खेती थप विस्तार हुने सम्भावना बढेको छ । केरा किसान टीकाकुमारी सम्सेली मगरले नेपाली केराले नै बजारको माग धान्ने बनाउनका लागि थप खेती विस्तार तर्फ लागेको बताए।
उनले भने,“अब केराको बजार मूल्यको चिन्ता भएन अरु किसानलाई पनि केरा खेती गर्न प्रेरित गरिरहेका छौँ । किसानलाई सङ्गठित बनाएर सामूहिक रूपमा केरा खेती गर्ने सोच बनाएका छौँ ।”
किसानले यस वर्ष केरा खेती थप गर्न थालेको केरा किसान तथा व्यवसायी शम्भुप्रसाद अधिकारीले बताए। उनले भने,“किसान केरा खेती तर्फ थप आर्कषित भएका छन् । अब केरा खेतीको क्षेत्रफल बढ्ने सम्भावना रहेको छ ।”बर्दियामा केरा खेती विस्तार सँगै व्यवस्थित हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थामबाट रेसा निकाल्ने उद्योग स्थापना भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १७:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...
श्रावण ६ गते, २०८३ - १७:१७
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...
श्रावण ६ गते, २०८३ - १६:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...
श्रावण ६ गते, २०८३ - १६:५०
काठमाडौं। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष नियुक्त गर्नुका साथै शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्ण...
श्रावण ६ गते, २०८३ - १६:४५
काठमाडौँ। सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्क...
श्रावण ६ गते, २०८३ - १६:४२
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको...
श्रावण ६ गते, २०८३ - १६:०९
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि पार्टी सञ्चालन शैलीलाई लिएर आलोचना गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृ...
श्रावण ६ गते, २०८३ - १६:०६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको तीन प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छन्। प्रधानमन्त्री...
श्रावण ६ गते, २०८३ - १६:०४
काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहलाई पक्राउ नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश अब्दुल अ...
श्रावण ६ गते, २०८३ - १६:०१
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्यसंस्कृति विकास गर्दै प्रशास...



प्रतिकृया लेख्नुहोस्: