काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेको छ।
उक्त यात्रुवाहक विमान "एक घातक दुर्घटनामा परेको" कम्पनीले एउटा वक्तव्यमार्फत् जनाएको छ। तर दुर्घटना सम्बन्धमा विस्तृत विवरण उसले दिएको छैन।
दुर्घटनाग्रस्त विमानका भग्नावशेषहरू एउटा पहाडी क्षेत्रमा देखिएका विवरणहरूमा जनाइएको छ। यात्रुहरूको आधिकारिक सूचीमा एकजना बहालवाला सांसद र आसन्न निर्वाचनका अर्का उम्मेदवार पनि रहेका छन्।
यसअघि साटेनाले भेनेजुएलासँग सिमाना जोडिएको ओकान्या शहरमा निर्धारित समयानुसार बुधवार १२ बजेर ५ मिनेटमा अवतरण गर्नुभन्दा ११ मिनेटअगाडि विमानसँग सम्पर्क विच्छेद भएको बताएको थियो।
उक्त हवाई सेवा प्रदायक कम्पनीका अनुसार फ्लाइट एनएसई ८८४९ ओकान्यादेखि करिब १०० किलोमिटर उत्तरपूर्वमा पर्ने कुकुटा शहरका लागि उडेको थियो।
विमानमा १३ जना यात्रु तथा दुईजना चालक दलका सदस्य सवार रहेका बताइएको छ। दुर्घटनालगत्तै खोजी तथा उद्धार कार्य शुरू गरिएको थियो भने पीडितका परिवारका लागि हटलाइन स्थापना गरिएको थियो।
कोलम्बियाका सशस्त्र फौजहरूले विमान हराउनासाथ खोजी कार्य शुरू गरेका बताइएको छ। विमान हराएको क्षेत्र कोलम्बियाको ईएलएन गुरिल्ला समूहको नियन्त्रणमा रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: