Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

उच्च हिमाली क्षेत्रको यी पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह

खबरडबली संवाददाता

मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । 

गए रातिदेखि भारी हिमपात भएपछि मुस्ताङ र मनाङ जोड्ने सरिबुङ पास, मोसोकुन्दो पास, थोराङ्ला पास, मुस्ताङ–ङोल्पा जोड्ने याकखर्क, म्याग्दी–मुस्ताङ जोड्ने धौलागिरि पदमार्गको धम्पुस पिकको पदयात्रामा रोक लगाएको हो । 

जिल्ला प्रशासनले हिमापातमा जोखिम मानेका पदमार्गमा याकखर्क पाँच हजार ८ सय मिटर, थोरङ्लापास, पाँच हजार ४ सय मिटर, सरिबुङ पास ६ हजार मिटर  र धम्पुस पिक समुन्द्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा रहेको छ । मुस्ताङको उच्च हिमाली क्षेत्र, र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायत क्षेत्रहरूमा हिमपात भएको छ । 

तीनवटै जिल्लाबाट मुस्ताङ प्रवेश गर्ने पदमार्गमा भारी हिमपातका कारण पदयात्रा अत्यन्त जोखिम भएकाले सचेत बनाइएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताए। प्रजिअ शर्माले भने, ‘‘पदमार्ग क्षेत्रमा चार फिटसम्म हिउँ जमेको छ, पर्यटक समस्यामा परे पनि उद्धारमा निकै कठिनाइ हुन्छ ।’’ अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने पदमार्गमध्ये थोराङ्ला पासमा माघ महिनामा पर्यटक पदयात्रामा निस्किने गरेको शर्माको भनाइ छ ।  

उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४, दामोदरकुण्ड क्षेत्र र मनाङ जिल्लाको नार–फु उपत्यका जोड्ने सरिबुङ पास सबैभन्दा जोखिम मानिन्छ । जिल्ला प्रशासन कार्यालयले जोखिम पदमार्गमा गएको कात्तिक यता मुस्ताङको सुरक्षा निकायले फसेका स्वदेशी तथा विदेशी पर्यटकलाई पैदल तथा हवाईबाट पर्यटकलाई उद्धार समेत गरेको थियो । 

दामोदर कुण्ड क्षेत्रमा जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा हिमपातका कारण समस्यामा पर्ने तीर्थयात्री तथा पर्यटकलाई लक्षित गरी धर्मशालामा करिब दुई महिनालाई पुग्ने खाद्यान्नसहित आवश्यक सामग्री सञ्चित समेत गरिएकाले छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमपातको सम्भावनालाई मध्यनजर गरी मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न अनुरोध गरिएको छ । बर्षासहितको हिमपातका कारणले दैनिक जनजीवन प्रभावित भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ - अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट ज...

इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता

जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै  अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाक...

बारामा एकै परिवारका आमा–छोराको हत्या, बुहारीसहित दुबईबाट फर्किएका युवक पक्राउ

बारा । बुधबार बिहान धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ। आक्रमणमा ५० वर्षीय श्...

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि, अवस्था नियन्त्रणमा

मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ...

विप्लवले पार्टी एकताको ऐतिहासिक अवसर गुमाए: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...

उच्च हिमाली क्षेत्रको यी पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह

मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ ।  गए रातिद...

काठमाडौं ६ मा उठेका चिरञ्जीवी ढकालसहित विप्लव माओवादीका आठ नेता नेकपा प्रवेश

काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...

निर्वाचन सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि ६१ जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ ला...

हिमपात र वर्षा भएपछि लमजुङका किसान खुसी

लमजुङ। हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । स्थानीयका अनुसार बुधबार बिहानैदेखि हिउँ परेको हो । माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टङ्की मनाङ गाउँ...

शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्की बिहान साढे १० बजे शीतलनिवास पुगेर रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending